Shittalpati
बगनासकाली गाउँ सभाको १७ औं अधिवेशन :  दुुई विधेयकसहित नौं विषयगत प्रतिवेदन पारित
बगनासकाली गाउँ सभाको १७ औं अधिवेशन : दुुई विधेयकसहित नौं विषयगत प्रतिवेदन पारित जिल्लाको बगनासकाली गाउँपालिका गाउँ सभाको १७ औँ अधिवेशन  विभिन्न विधेयक  तथा  विषयगत वार्षिक प्रतिवेदनहरू पारित गर्दै सकिएको छ । नेपालको संविधानमा व्यवस्था भए अनुरुप संसदीय अभ्यासका साथ आइतबार गाउँसभाको अधिवेशन सकिएको हो ।
बाघको आक्रमणमा महिलाको मृत्यु
बाघको आक्रमणमा महिलाको मृत्यु बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो । ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा
तानसेनमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
तानसेनमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु जिल्लाको तानसेनमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्युु भएको छ । तानसेन नगरपालिका–११, सामाकोटस्थित पाल्पा–गुुल्मी सडकखण्डमा फोर्स गाडीको ठक्करबाट ४६ वर्षीया सीता गहतराजको शनिबार राति मृत्यु भएको हो ।
प्याब्सन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा पन्त
प्याब्सन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा पन्त निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाको नयाँ नेतृत्व चयन भएको छ । प्याब्सन तानसेनमा भएको नवौ अधिवेशनले नयाँ नेतृत्व चयन  गरेको हो ।
एनजेडीकर्मी पोखरेलसहित ८ पत्रकार पुरस्कृत
एनजेडीकर्मी पोखरेलसहित ८ पत्रकार पुरस्कृत प्रेस चौतारी नेपाल पाल्पा शाखाले वार्षिक रुपमा वितरण गर्दै आएको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’बाट नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकमका पाल्पा संवाददाता कृष्ण पोखरेललाई पुुरस्कृत गरिएको छ । शाखाले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पोखरेललाई ‘प्रतिक्षा स्मृति पत्रकारिता पुरस्कार’ बाट पुुरस्कृत गरेको हो ।
गाडी भाडा बढाउने मात्र हैन सुरक्षामा पनि ध्यान देऊ
गाडी भाडा बढाउने मात्र हैन सुरक्षामा पनि ध्यान देऊ सरकारले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा व्यापक वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा वृद्धि गरेको हो । सरकारले भाडा दर बढाउनुुको स्पष्ट कारण  खुुलाएको छैन् ।
सहकारी अध्यादेश सच्याउनुुपर्नेमा अभियान्ताहरुको जोड
सहकारी अध्यादेश सच्याउनुुपर्नेमा अभियान्ताहरुको जोड सहकारी ऐन २०७४ लाई विस्थापित गर्न सरकारले अध्यादेशमार्फत ल्याएको सहकारी अध्यादेश–२०८१ प्रति जिल्लाका सहकारी अभियन्ताहरुले असहमति जनाउँदै सच्याउनुुपर्नेमा जोड दिएका छन् । शनिबार जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाको २५ औं वार्षिक साधारण सभामा बोल्ने अधिकांस सहकारी अभियन्ताहरुले सरकारले अध्यादेशमार्फत ल्याएको सहकारी अध्यादेश सहकारी क्षेत्रलाई सिध्याउने उद्देश्यका साथ ल्याइएको...
पाल्पामा पनि मनाइयो ३०३  औं पृथ्वी जयन्ती
पाल्पामा पनि मनाइयो ३०३  औं पृथ्वी जयन्ती पाल्पा लगायत देशभर ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै शनिबार पाल्पा लगायतका देशभर उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाले मनायो २५ औं साधारण सभा
जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाले मनायो २५ औं साधारण सभा जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाले २५ औं वार्षिक साधारण सभा मनाएको छ । संघले शनिबार तानसेनमा एक समारोहकाबिच वार्षिक साधारण सभा मनाएको हो ।
बराङ्दीमा माघ १ गतेदेखि श्रीमद्भागवत महापुराण हुने
बराङ्दीमा माघ १ गतेदेखि श्रीमद्भागवत महापुराण हुने जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित घिउसिबासमा यही माघ १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८१ हुने भएको छ । सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिको आयोजनामा मन्दिरमा नागको विराट मूर्ति एवं सत्संग हल निर्माण तथा मन्दिरको चौतर्फी विकास सहयोगार्थ महायज्ञ तथा धार्मिक महोत्सव हुन...
Weather Update