नवजनचेतना राष्ट्रिय दैनिक २०८१ असोज ९ गते बुधबार
बुधबार, असोज ९, २०८१
छुट्टाछुट्टै घटनामा ११ जनाको मृत्युु
मंगलबार, असोज ८, २०८१
देशका विभिन्न स्थानमा भएका छुुट्टाछुुट्टै घटनामा ११ जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, रौतहट, पाँचथर, सिन्धुली, बाँके, दाङ, सर्लाही, सल्यान, सिराहा, चितवन र मोरङमा भएका छुुट्टाछुट्टै घटनामा ११ जनाको मृत्युु भएको हो ।
बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय
मंगलबार, असोज ८, २०८१
सामुदायिक विद्यालयका विद्यार्थीलाई जीवनोपयोगी सीप दिन थालिएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले बत्ती कात्ने, ब्यूटीपार्लरअन्तर्गत थ्रेडिङ गर्ने, दुनाटपरी बनाउनेजस्ता सीप विद्यार्थीलाई दिन थालेको हो । जानेको सीप विद्यार्थीलाई प्रयोगात्मक रूपमै सिकाउन पाउँदा शिक्षक र शिक्षिका पनि खुसी देखिन्थे ।
दाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन
मंगलबार, असोज ८, २०८१
यहाँ सरकारले चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्टटे डिङ कर्पोरेशन घोराहीले सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।
एसईईको पूरकमा ५६.७८ प्रतिशत उत्तीर्ण
मंगलबार, असोज ८, २०८१
यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सोमबार प्रकाशन गरेको परीषाफल अनुसार पूरक परीक्षामा १ लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका हुन् ।
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा
मंगलबार, असोज ८, २०८१
गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेकोे छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा दुई पुल निर्माणको ठेक्का सम्झौता भई निर्माण अगाडि बढेको हो ।
सामुदायिक विद्यालयमा निःशुल्क प्राविधिक शिक्षा
मंगलबार, असोज ८, २०८१
तुलसीपुर उपमहानगरपालिका–६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले निःशुल्क रुपमा तीन वटा विषयको प्राविधिक शिक्षा दिने भएको छ । सूचना प्रविधिको २४ महिने, इलेक्ट्रिक २४ महिने र मन्टेश्वरीको इसिडिएफ कक्षाको २४ महिने कार्यक्रम सुरु गर्न लागिएको हो ।
सुनको भाउ बढेको बढ्यै, किन्ने भन्दा बेच्ने ग्राहक बढे
मंगलबार, असोज ८, २०८१
सुरक्षित लगानीका रूपमा चिनिएको सुनमा लगानी बढेपछि सुनको भाउले एकपछि अर्को कीर्तिमानी बनाइरहेको छ । यो साता निरन्तर उकालो लागेको सुनको भाउ सोमबार नेपाली बजारमा प्रतितोला एक लाख ५९ हजार दुई सयमा किनबेच भइरहेको छ ।
तानसेनमा पिताहरूको स्मरणमा ‘बा कप’ व्याडमिन्टन प्रतियोगिता
मंगलबार, असोज ८, २०८१
जिल्लाको सदरमुकाम तानसेनमा स्वर्गीय पिताहरुको स्मरणमा ‘बा कप’ व्याडमिन्टन प्रतियोगिता २०८१ आयोजना गरिएको छ । सोह्र श्राद्ध चलिरहेका बेला नारायण युवा क्लव तानसेनले पिताहरुको सम्झनामा व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।
तानसेन –२ स्थित फूलबारी कवर्डहलमा क्लवको आयोजना,अमर नारायण कभर्डहल व्यवस्थापन समितिको व्यवस्थापन र वडा कार्यालयको समन्वयमा शुक्रबार र शनिबार...
तानसेनको ‘प्रभास’
मंगलबार, असोज ८, २०८१
प्रभास शक्दको अर्थ खोज्दा नेपाली वृहत् शब्दकोष अनुसार “चारैतिर छरिएको उज्यालो,प्रकाश,ज्योति, दिप्ती : हिन्दूहरूको एक प्राचीन तीर्थ, सोमतीर्थ : रामवानरनामक आदिम मानवको आजभन्दा एक करोड दस लाख बर्ष पूर्वको दाँतको अवयव फेला परेको बुटवलबाट पाल्पा जाने बाटोमा पर्ने एक ठाउँ प्रभास “भनेर परिभाषित गरिएको छ । पाल्पाको तानसेनबाट करीब ८...
चाडपर्व लक्षित सुरक्षा सतर्कता आवश्यक
मंगलबार, असोज ८, २०८१
हिन्दुहरुका प्रमुख चाडपर्वहरू नजिकिदै आएका छन् । अबको केही दिनमा दशैँ मनाउन घर बाहिर रहेका नेपालीहरु गाउँ फर्कदै छन् । तर विडम्वना के छ भने यही बेला असुरक्षा बढी हुन्छ । सवारी दुर्घटना हुन वा लुटपाट र चोरी डकैतीका घटना यही बेला बढी हुने गर्दछन् । असुरक्षित सडक वा यातायातका...