Shittalpati
काँग्रेस केन्द्रीय सदस्यमा १० महिला मनोनित

पाल्पा, नेपाली काँंग्रेसले १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले १० जनालाई काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका हुन् ।

देउवाले मनोनयन गरेकामा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) रहेका छन् । नेपाली कांग्रेसको विधान, २०१७ को धारा २१ को उपधारा १० बमोजिम उनीहरुलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सभापति देउवाले विधानको व्यवस्थाबमोजिम केन्द्रीय कार्यसमितिमा एक तिहाई महिलाको संख्या पु¥याउने गरी एकैपटक १० जना नेताहरुलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका हुन् । यससँगै काँग्रेसको केन्द्रीय कार्यसमिति १ सय ५८ सदस्यीय बनेको छ । सभापति देउवाले विधानबमोजिम केन्द्रीय समितिमा ३३ जना सदस्य मनोनयन गर्न पाउँछन् ।

 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update