Shittalpati
८ सय ५२ नयाँ संक्रमित थपिए

पाल्पा,पछिल्लो २४ घण्टामा ८ सय ५२ नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर विधिबाट ५ सय ३१ र एन्टिजेन विधिबाट ३ सय २१ जना गरी कूल ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ८३ नमूनाको परीक्षण भएको थियो । यो अवधीमा ३ सय २८ जना संक्रमित डिस्चार्ज भएका छन् ।

बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६२ रहेको छ । कोरोना संक्रमण दर १३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३ जना आईसीयू र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्ला दिनहरुमा संक्रमणको दर उकालो लाग्दै गए पनि स्वास्थ्य सतर्कता भने अपनाइएको छैन । मन्त्रालयले संक्रमण बढिरहेकाले सर्तकता अपनाउन भनेको छ । तर त्यसको कोही कतैबाट पनि पालना भएको छैन् । मन्त्रालयले कोरोना संक्रमणबाट बच्न मास्क लगाउन, भौतिक दूरी कायम राख्न, भिडभाड नगर्न भने पनि त्यसको बेवास्त गरिएको छ । भिडभाड अत्यधिक हुने क्षेत्र मै नागरिकहरूले मास्क लगाएका छैन । जान्ने बुझ्नेहरूबाटै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा अटेरी गर्दा कोरोना संक्रमण बढ्न सक्ने आंकलन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update