Shittalpati
‘स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन’
‘स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन’ स्वास्थ्य बिमा बापतको भुक्तानी नपाएपछि यहाँका अस्पतालहरुले उपचार सेवा बन्द गर्ने घोषणा गरेपछि जिल्लाका राजनीतिक दलहरुको ध्यानाकर्षण भएको छ । यहाँका ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले अस्पतालहरुले भुक्तानी नपाए सेवा बन्द गर्ने चेतावनी दिएपछि उनीहरुको ध्यानाकर्षण भएको हो ।
पाल्पा र गुल्मीका एक लाख ४१ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइदैं
पाल्पा र गुल्मीका एक लाख ४१ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइदैं सरकारले देशैभर एकै चरणमा टाइफाइड विरुद्ध बालबालिकालाई खोप अभियान सुरु गरेको छ । खोप लगाउन छुटेका बालबालिकालाई अभियान पछि नियमित खोपमा टाइफाइड खोप लगाउने गरी अभियान सुरु गरेको हो । नजिकिँदो निर्वाचन, कोभिड विरुद्धको खोप अभियान, एसईई परीक्षा लगायत शैक्षिक सत्रको दोसाँधमा खोप अभियान सुरु हुने भएपछि स्वास्थ्य संस्थाहरु यतिबेला...
कुनै पनि बहानाबाजी बनाएर स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन : काँग्रेस पाल्पा
कुनै पनि बहानाबाजी बनाएर स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन : काँग्रेस पाल्पा कुनै पनि बहानामा नेपाल सरकारले जनतालाई उपलब्ध गराएको सुविधा रोक्न नमिल्ने नेपाली काँग्रेस पाल्पाले जनाएको छ । नेपाली काँग्रेसका गगनकुमार थापा स्वास्थ्य मन्त्री भएको समयमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई विभिन्न बहानामा कमजोर गराउने प्रयत्न भैरहेको भन्दै बहानाबाजी नगर्न र सहज रुपमा सेवा निरन्तर दिनु अहिले आवश्यक रहेको काँग्रेसको ठहर छ...
बिमा रकम नपाउँदा पाल्पाका अस्पताल संकटमा, सेवा बन्द गर्ने तयारी
बिमा रकम नपाउँदा पाल्पाका अस्पताल संकटमा, सेवा बन्द गर्ने तयारी स्वास्थ्य बिमा बापतको भुक्तानी रोकिँदा पाल्पाका ठूला अस्पताल आर्थिक संकटमा परेका छन् । स्वास्थ्य बिमा बोर्डले बिमा बापत पाल्पाको युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, आँखा अस्पताल लगायतका बिमा अनुमती पाएका स्वास्थ्य संस्थाहरुमा भुक्तानी नगर्दा आर्थिक संकटमा परेका हुन् । बिमा बोर्डले यि अस्पताललाई ३८ करोड ४३ लाख,...
रेडक्रस पाल्पाले मनायो ४४ औं वार्षिक साधारण सभा
रेडक्रस पाल्पाले मनायो ४४ औं वार्षिक साधारण सभा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ४४ औं वार्षिक साधारण सभा मनाएको छ । रेडक्रसले शनिबार एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । सभाको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले उद्घाटन गरेका हुन् ।
गुल्मीमा अक्सिजन प्लान्टको उद्घाटन
गुल्मीमा अक्सिजन प्लान्टको उद्घाटन गुल्मी अस्पतालमा निर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । प्लान्टको पूर्व परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । प्लान्टको उद्घाटन गर्दै पूर्वमन्त्री ज्ञवालीले अक्सिन प्लान्ट कोभिडका लागि मात्रै नभएको बताए । उनले अन्य समयमा पनि विरामीलाई अक्सिजन अभाव हुन सक्ने हुँदा त्यसको पूर्व तयारीका लागि अक्सिजन...
निःशुल्क भिडियो एक्स–रे सेवा सुरू
निःशुल्क भिडियो एक्स–रे सेवा सुरू पाल्पाको पूर्वखोला गाउँपालिकाले निःशुल्क भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गरेको छ । रि·नेरह स्वास्थ्य चौकीमा स्थापना गरिएको सो सेवा प्रत्येक महिनाको एक दिन घुम्ती शिविरको आयोजना गरी वडा–वडाका स्वास्थ्य संस्थामार्फत सेवा दिने उद्देश्यले भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए ।
थप २१ जनामा कोरोना
थप २१ जनामा कोरोना नेपालमा सोमबार थप २१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशका विभिन्न स्थानमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा थप २१ जनामा संक्रमण देखिएको हो ।
गुल्मीको रेसुङ्गाका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा
गुल्मीको रेसुङ्गाका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा जिल्लाको रेसुङ्गा नगरपालिकाका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । नगरभित्र स्वास्थ्य सेवाको पहँुच बढाउन नगर सरकारले वडातहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।
मृगौला पिडितलाई आर्थिक सहयोग
मृगौला पिडितलाई आर्थिक सहयोग मृगौला पिडित अनन्तबहादुर खत्रीलाई तम्घासका रेग्मी परिवारले आर्थिक सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –५ निवासी ३५ वर्षका मृगौला पिडित खत्रीलाई तम्घास निवासी हाल अष्ट्रेलियामा रहेका सोनम रेग्मी, पुनम रेग्मीले ६० हजार र कमला रेग्मीले १८ हजार आर्थिक सहयोग गरेका हुन् ।
थप १८ जनामा संक्रमण
थप १८ जनामा संक्रमण नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा संक्रमण देखिएको छ । ४ हजार ३ सय ४२ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
Weather Update