पाल्पामा बुधबार २४ नयाँ संक्रमित थपिए
बुधबार, माघ ५, २०७८

तानसेनका युवा उद्यमीलाई विना धितो सहुलियत दरमा ऋण
बुधबार, माघ ५, २०७८
तानसेन नगरपालिकाले नगरका युवाहरुलाई विना धितो सहुलियत दरमा ऋण प्रदान गरेको छ । नगरका १४ वटै वडाहरुका युवाहरुलाई उद्यमी बनाउने अभियानाका साथ तानसेन नगरपालिकाले ग्लोवल आई एमईबैक, हेफर ईन्टरनेशनल, ग्रामिण आर्थिक विकास संघ रेडाको साझेदारीमा युवाहरुलाई विना धितो ऋण सहयोग गरेको हो ।

गुल्मी पनि संक्रमित हुने ह्वात्तै बढे
बुधबार, माघ ५, २०७८
गुल्मीमा पनि कोभिडको संक्रमण दिन प्रति दिन बढी रहेको छ । पछिल्लो २४ घण्टामा ६३ जनाको परीक्षण गर्दा जिल्लामा एकै दिन ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलका सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार
बुधबार, माघ ५, २०७८
बुटवल उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार गरिएका छन् । उपमहानगरपालिकाले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आधुनिक प्रयोगशाला सेवा सहितको प्राथमिक स्वास्थ्यसेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ । सहरी स्वास्थ्य केन्द्रमा विस्तार भएका र ल्याबसहितको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको आकर्षण बढेकाले जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विशिष्टिकृत...

मन्त्री रानाद्वारा गुल्मी अस्पतालको अनुगमन
सोमबार, माघ ३, २०७८
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर रानाले गुल्मी अस्पतालको अनुगमन गरेका छन् । सोमबार विभिन्न कार्यक्रममा सहभागी हुनको लागि गुल्मी आएका मन्त्री रानाले निर्माणधिन गुल्मी अस्पतालसँगै अहिलेको अस्पतालबाट हुने स्वास्थ्य उपचार सम्बन्धमा जानकारी लिन समग्र गुल्मी अस्पतालको अनुगमन गरेका हुन् ।

पाल्पा प्रशासनले संक्रमण फैलिन नदिन सक्रियता बढायो
बिहीबार, पुस २९, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । छिमेकी मुलुकसहित देशका विभिन्न भागमा संक्रमणदर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि प्रशासनले सक्रियता बढाएको हो ।

फेरि बढ्दै कोरोना संक्रमितको ग्राफ, एकैदिन २४ सय ४४ जनामा संक्रमण
मंगलबार, पुस २७, २०७८
नेपालमा केही समय मत्थर बनेको कोरोना संक्रमणको ग्राफ फेरी बढ्दै गएको छ । विश्वका विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमण दर तीव्र रूपमा बढिरहेको बेला नेपालमा यसको जोखिम बढेको हो ।

दुर्गमका नागरिकलाई निःशुल्क उपचार सेवा
मंगलबार, पुस २७, २०७८
पाल्पाकै विकट र दुर्गम मानिने निस्दी गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरले स्थानीयवासीलाई राहत पुगेको छ । यहाँको निस्दी गाउँपालिका–२ मा सञ्चालित निःशुल्क उक्त शिविरमा गाउँमै सेवा पाउँदा स्थानीयवासी उत्साहित भएका हुन् ।

खानेतेलमा टोटल पोलार मटेरियलको मात्रा बढी
सोमबार, पुस २६, २०७८
पाल्पाका होटेल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ । खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । स्थानीय होटेल रेष्टुरेण्टहरूमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि भएमा खानाका लागि अनुचित हुन्छ ।
.jpg)
गुल्मी जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता कक्ष
सोमबार, पुस २६, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि आइतवार प्रशासन कार्यालयको हाताभित्र स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षको जिल्ला प्रशासन कार्यालय गुल्मीको पहिलो सेवाग्रही सत्यवति गाउँपालिकाकी ६४ वर्षकी नरमती परियारको स्वास्थ्य जाँच गरेर शुभारम्भ गरिएको हो ।

पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
बुधबार, पुस २१, २०७८
जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।

माथागढीमा पोषण कार्यक्रम समीक्षा तथा गोष्ठी
सोमबार, पुस १९, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले पालिकस्तरीय पोषण कार्यक्रम समीक्षा तथा कार्य योजना गोष्ठी गरेको छ । गाउँपालिकाले दुई दिने समीक्षा तथा गोष्ठीको आयोजना गरेको हो । समीक्षामा कार्यक्रमको प्रगति, उपलब्धी र आगामी योजनाका विषयमा छलफल भएको थियो ।

२ सय ३५ संक्रमित थपिए
शनिबार, पुस १७, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा २ सय ३५ नयाँ संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सार्वजनिक गरेको कोरोना अपडेटमा देशभरका विभिन्न स्थानका २ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।