Shittalpati
गुल्मीमा आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु
गुल्मीमा आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु गुल्मीमा पनि कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । यहाँ आइतबार मात्र ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका रेसुङ्ग नगरपालिकाका चार जना संक्रमित सहित जिल्लाका विभिन्न ठाउँका ९ जना संक्रमितको मृत्यु भएको हो ।
पाल्पामा कोरोना निको हुने बढ्दै, एकैदिन १ सय ९ जना संक्रमित डिस्चार्ज
पाल्पामा कोरोना निको हुने बढ्दै, एकैदिन १ सय ९ जना संक्रमित डिस्चार्ज जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । शनिबार मात्र जिल्लामा १ सय ९ जना संक्रमितले कोरोना जितेका छन् ।
गुल्मी काँग्रेसले गर्‍यो ५० सिलिण्डर अक्सिजन सहयोग
गुल्मी काँग्रेसले गर्‍यो ५० सिलिण्डर अक्सिजन सहयोग जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि अक्सिजन अभाव हुन थालेको छ । अक्सिजन अभावका कारण अस्पतालमा विरामीहरु छट्पटाई रहेका बेला नेपाली काँग्रेस गुल्मीले भने जिल्ला अस्पताल तम्घासलाई ५० सिलिण्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले अस्पतालका मेसु डाक्टर उत्तम पच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् । अ
पाल्पामा शुक्रबार थपिए १ सय २९ नयाँ संक्रमित
पाल्पामा शुक्रबार थपिए १ सय २९ नयाँ संक्रमित जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १सय ४ र एन्टिजेन परीक्षणमा २५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाल्पामा एकैदिन ६ जना संक्रमितको मृत्यु
पाल्पामा एकैदिन ६ जना संक्रमितको मृत्यु जिल्लामा एकै दिन ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसन र अस्पतालमा उपचार गराएका संक्रमितको बिहीबार मृत्यु भएको हो । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार गराइरहेका दुई जना र होम आइसोलेसनमा चार जना संक्रमितको मृत्यु भएको जनाइएको छ ।
पाल्पामा बिहीबार ६२ जना कोरोना संक्रमित निको हुँदा ८४ जनामा संक्रमण
पाल्पामा बिहीबार ६२ जना कोरोना संक्रमित निको हुँदा ८४ जनामा संक्रमण जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने बढेका छन् । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक बढेको देखिन्छ । बिहीबार जिल्लाका थप ६२ जना संक्रमितले कोरोना जित्दा ८४ जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १५ जना महिला...
माथागढीका १ सय ३४ संक्रमितले कोरोना जिते
माथागढीका १ सय ३४ संक्रमितले कोरोना जिते माथागढी गाउँपालिकाका १ सय ३४ संक्रमितले कोरोना जितेका छन् । २ सय २२ संक्रमित मध्ये गाउँपालिकाका १ सय ३४ संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री
पाल्पाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री कोभिड–१९ को जोखिम बढिरहेका बेला अग्रपङ्तिमा रहेर खटिने जिल्लाका पत्रकारहरुलाई न्यूनतम स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । जिल्लाका विभिन्न स्थानीय सरकारहरुबाट प्राप्त स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ पाल्पा शाखाले वितरण गरेको हो ।
पाल्पामा बुधबार ६५ जनाले कोरोना जिते, १ सय ५८ जनामा संक्रमण
पाल्पामा बुधबार ६५ जनाले कोरोना जिते, १ सय ५८ जनामा संक्रमण जिल्लामा पछिल्ला केही दिन यता आशाका किरण देखिएका छन् । यहाँ कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने बढेको छ । बुधबारमात्र जिल्लाका ६५ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २८ जना महिला र ३७ जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा मंगलबार थप ३४ जना संक्रमित डिस्चार्ज भए
पाल्पामा मंगलबार थप ३४ जना संक्रमित डिस्चार्ज भए जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपनि निको हुनेहरुको संख्यामा वृद्धि भएको छ । मंगलबार मात्र जिल्लाका ३४ जना संक्रमित डिस्चार्ज भएका छन् ।
पाल्पामा कोरोना निको हुने बढे, एकै दिन ८१ जना संक्रमित डिस्चार्ज
पाल्पामा कोरोना निको हुने बढे, एकै दिन ८१ जना संक्रमित डिस्चार्ज जिल्लामा पछिल्लो समय कोरोना जित्नेहरुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र जिल्लामा ८१ जनाले कोरोना जितेका छन् । सोमबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २९ जना महिला र ५२ जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा आइतबार १ सय १९ जना नयाँ संक्रमित थपिए
पाल्पामा आइतबार १ सय १९ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १ सय ५८ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ४४ जना सहित १ सय ९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Weather Update