गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
आइतबार, वैशाख २६, २०७८

गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते
आइतबार, वैशाख २६, २०७८
गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छ । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् ।

संक्रमितको घरमै अक्सिजन पुर्याउदै कालिगण्डकी गाउँ सरकार
आइतबार, वैशाख २६, २०७८
जिल्लाको कालिगण्डकी गाउँ सरकारले कोरोना संक्रमितको घर–घरमै स्वास्थ्य अक्सिजन पुर्याउन थालेको छ । गाउँपालिकामा कोरोना संक्रमितको ग्राफ बढ्दै गएपछि गाउँ सरकारले संक्रमितहरूको घरमै पुगी अक्सिजन सहित आवश्यक स्वास्थ्य सामग्रीहरू दिँदै आएको हो ।

पाल्पा काँग्रेसको पार्टी कार्यालय आइसोलेसनलाई दिइने
आइतबार, वैशाख २६, २०७८
नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालयलाई कोभिड प्रभावितका लागि आइसोलेसन बनाउन दिइने भएको छ । जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि आवश्यक परेमा आइसोलेसन कक्ष बनाउन काँग्रेसले जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो ।

विवाहले फैलाउँदै कोरोना
शनिबार, वैशाख २५, २०७८
केही दिन अघि बुटवलमा भएको विवाह कार्यक्रमा सहभागी हुन पुगेका तानसेनका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । आफ्ना भान्जाको विवाहमा सहभागी हुन पुगेका श्रीमान, श्रीमतिलाई नै संक्रमण भएको छ । यति मात्र होइन त्यो विवाहमा सहभागी अन्य दर्जानौ व्यक्तिहरु समेत संक्रमणको शिखार बन्न पुगेका छन् ।

पाल्पामा शनिबार २३ जना संक्रमितले कोरोना जिते
शनिबार, वैशाख २५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाले कोरोना जितेका छन् । शनिबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र १९ जना पुरुषले कोरोना जितेका हुन् ।

बाँके र रुपन्देहीमा थप सात संक्रमितको मृत्यु
शनिबार, वैशाख २५, २०७८
कोरोना भाइरस संक्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

पाल्पामा १९ जनाले कोरोना जिते, ९८ जनामा संक्रमण
शुक्रबार, वैशाख २४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना जितेका छन् । शुक्रबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना महिला र १० जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा स्थानीय सरकारद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
शुक्रबार, वैशाख २४, २०७८
जिल्लाका केही स्थानीय सरकारहरुले पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् । कोरोना महामारीका बेला अग्रभागमा रहेर समाचार संकलन गरिरहेका जिल्लाका क्रियाशिल पत्रकारहरुको लागि रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकाले पत्रकार महासंघ पाल्पा शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

पाल्पामा विहीबार थपिए १ सय २५ नयाँ संक्रमित,एकको मृत्यु
बिहीबार, वैशाख २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २५ नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा विहीबार पीसीआर विधिबाट गरिएको परीक्षणमा ७९ र एन्टिजेन विधिबाट ४६ जना गरी १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव
बिहीबार, वैशाख २३, २०७८
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अपुग भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् ।

पाल्पामा एकै दिन ७८ जनाले कोरोना जित्दा १ सय ४८ जनामा संक्रमण
बुधबार, वैशाख २२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७८ जनाले कोरोना जितेका छन् । बुधबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २३ जना महिला र ५५ जना पुरुषले कोरोना जितेका हुन् ।