Shittalpati
किसानका समस्या एमालेले सम्बोधन गर्छ : प्रदेश सदस्य घर्ती

कृष्ण पोखरेल
पाल्पा, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य ओम बहादुर घर्तिमगरले किसानहरुको समस्या एमालेले सम्बोधन गर्ने बताएका छन् । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले तिनाउ गाउँपालिका पाल्पामा आयोजना गरेको चुनावी भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले किसनाको हक हित र संरक्षणमा २०५१ साल देखी सरकारमा रहँदा नेकपा एमालेले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । नेकपा एमाले सरकारमा रहँदा मात्र होइन प्रतिपक्षमा रहँदा पनि किसानको हक हितको पक्षमा ससक्त आवाज उठाउदै आएको उनले धारणा व्यक्त गरे । बर्तमान गठबन्धन सरकारको कारण किसानले समयमा मल नपाएको, गुणस्तरीय विउविजन नपाएको, किसानको उत्पादन विक्रि गर्ने सयमा अन्य देशको उत्पादन आयात गरी किसानहरुलाई दुःख दिदै आएको एमाले नेता घर्ति मगरले बताए । एमालकोे सरकारले नै प्रधानमन्त्री कृषि परियोजना मार्फत विभिन्न किसानमुखी कार्यक्रम किसानको घरदैलोमा पु¥याएको उनले बताए ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य गिता पाण्डेले स्वदेशी उत्पादन लाई पहिलो प्राथमिकतामा राखी नेकपा एमालेले स्वदेशमै उत्पादन गरौ, स्वदेशमा प्रयोग गरौ, स्वदेशमै रमाउन अन्तरगत मेड इन नेपाल जस्ता किसानमुखी कार्यक्रम ओली सरकारको पालमा आएको भएपनि अन्य पक्षले एमाले सरकारलाई टिक्न नदिएको बताइन् । कार्यक्रममा नेकपा एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछानेले किसानको हक हितमा काम गर्ने पार्टी एमाले मात्र भएकाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरी एमालेलाई विजयी बनाउन किसानहरु संग आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउका किसानहरुलाई लक्षित गरी कृषकहरुको आयआर्जन बढाउन, कृषकहरु लाई घरदैलोमा सेवा सुविधा प्रदान गर्न पालिकाले तिनाउँ कृषि तथा पशु उधमशिलता परियोजना सञ्चालन गर्दै आएको बताए । नेकपा एमाले तिनाउ गाउँ कमिटीका अध्यक्ष रोम बहादुर लम्तरीले गाउँपालिकाको अधिकाश क्षेत्र कृषि तथा पशुपालनको क्षेत्र रहेको र अधिकाश व्यक्तिमा कृषि तथा पशुपालनको माध्यम बाट दैनिकी चलाउदै आएकाले कृषकहरुको हक हितमा पाटी सक्रिय भएर लागेको बताए । कार्यक्रममा वडा नंं २ का वडा अध्यक्ष यादव अर्यालले दोभान क्षेत्रमा कृषिको पकेट क्षेत्र बनाएर काम गर्दै आएको बताए । भेलाले खड्ग बहादुर गोदारको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल किसान महासंघ तिनाउँ गाउँकमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा कर्ण बहादुर राना, सचिवमा लाल बहादुर दर्लामी, उप सचिवमा मन कुमारी बगाले र विमल कुमार श्रेष्ठ र कोषाध्यक्षमा डोलकान्त पौडेललाई चयन गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update