Shittalpati
भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा बगाले


कृष्ण पोखरेल
पाल्पा, नेकपा एमाले निकट भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा टेम बहादुर बगाले चयन भएका छन् । संगठनको प्रथम अधिवेशनले बगालेलाई अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा जंग बहादुर राष्कोटी, सचिवमा कृष्ण बहादुर कार्की, उप–सचिवमा बुद्धबहादुर अर्घाली र कोषाध्यक्षमा देव बहादुर लामिछाने चयन भएका छन् । यस्तै सदस्यहरुमा दमबहादुर बगााले, शेरबहादुर सारु, लालबहादुर दर्लामी, तिलक दर्लामी, कोकल बहादुर हिस्की र केशर बहादुर जि.सी. रहेका छन् । संगठनको सल्लाहकार प्रमुखमा लोकबहादुर खत्री, सल्लाहकार सदस्यहरुमा थमन बहादुर थापा, फर्सुराम कार्की चयन भएका छन् ।

अधिवेशनको नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य ओमबहादुर घर्ति मगरले उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै नेता घर्तीले विर गोर्खाली भनेर विश्वमा नेपालीलाई चिनाउनेदेखी विश्वमा शान्ति कायम गर्न महत्वपूूर्ण भूूमिका निर्वाह गरेका पूूर्व सैनिक र देशको आन्तरिक सुरक्षामा २४ सै घण्टा खटिएर काम गरेका पूूर्व प्रहरीहरुलाई वर्तमान सरकारले उचित सम्मान नदिएको बताए । वर्तमान सरकारले पूूर्व सैनिक तथा प्रहरीहरुको क्षमता, अनुभव, मूूल्य र मान्यता अनुसार जिम्मेवारी तथा भूूमिका दिन नसकेकाले आगामी निर्वाचनमा एमाले विजयी भएमा पूूर्व सैनिक तथा प्रहरीहरुलाई क्षमता अनुसारको जिम्मेवारी प्रदान गरी देश विकासको काममा खटाउने घर्तिले बताए । विगतको कार्य अनुभवको आधारमा पूूर्व सैनिक तथा प्रहरीहरुलाई राज्यको मुलधारमा ल्याई जिम्मेवारी प्रदान गर्ने गरी एमालेले नीति तथा कार्यक्रम बनाएको लुम्बिनी प्रदेश सदस्य घर्तिमगरले बताए ।

कार्यक्रमा भूूतपूूर्व सैनिक तथा प्रहरी संगठन पाल्पाका जिल्ला अध्यक्ष मुक्तिराम शर्माले पूूर्व सैनिक तथा प्रहरीहरुका समस्याहरु समाधानका लागि विभिन्न किसिमका कामहरु गर्दै आएकाले एमाले पार्टीको समृद्ध नेपाल सुखी नेपाली महा अभियान सफल पार्न पूूर्व सैनिक तथा प्रहरीहरु एमाले पार्टीमा आवद्ध हुनुपर्नेमा जोड दिए । कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, एमाले पाल्पाका सचिवालय सदस्य दलबहादुर गुरुङ्ग, एमाले तिनाउ गाउँ कमिटीका अध्यक्ष रोम बहादुर लम्तरी लगायतले पूूर्व सैनिक तथा प्रहरीको हक हितको क्षेत्रमा एमाले पार्टीले विगतदेखी नै काम गर्दै आएको बताए । टेम बहादुर बगालेको अध्यक्षता, कृष्ण बहादुर कार्कीको स्वागत, रमेश बोहोराको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update