लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति
सोमबार, कात्तिक ५, २०८१
रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
आइतबार, कात्तिक ४, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न ६ दिनका लागि म्याद थप गरिएको छ ।
पूर्व गृहमन्त्री लामिछाने प्रहरीको हिरासतमा, भोली अदालतमा उपस्थित गराइने
शनिबार, कात्तिक ३, २०८१
पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाएको थियो ।
पोखरामा रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताको प्रदर्शन
शनिबार, कात्तिक ३, २०८१
पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरेपछि पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन सुरु गरेका हुन् ।
पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
शुक्रबार, कात्तिक २, २०८१
सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । रवि लामिछानेमाथि सहकारीसँगै संगठित अपराध गरेको आरोप छ ।
पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
शुक्रबार, कात्तिक २, २०८१
सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
बिहीबार, कात्तिक १, २०८१
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ ।
प्रहरी सङ्गठनलाई रुपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
बुधबार, असोज ३०, २०८१
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन बदलिँदो परिवेशअनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन् । ६९औँ प्रहरी दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समयअनुसार प्रहरी सङ्गठनलाई प्रविधियुक्त बनाउँदै रुपान्तरणको आवश्यकता रहेको औँल्याउनु भएको हो ।
योजनाहरु आवश्यकताका आधारमा निर्धारण गर्ने परिपाटीको विकास गर्छौं : अर्थमन्त्री कार्की
सोमबार, असोज २८, २०८१
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले हरेक विकास निर्माणका योजनाहरुलाई आवश्यकताका आधारमा निर्धारण गर्ने परिपाटीको विकास गर्ने बताएका छन् ।
अमेरिकाबाट फर्किए प्रधानमन्त्री ओली
सोमबार, असोज १४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी भई उनी सोमबार अपरान्ह स्वदेश फर्किएका हुुन् ।
लुम्बिनी गुरुयोजनाबारे राष्ट्रियसभा संसदीय समितिको चासो
बिहीबार, असोज १०, २०८१
राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले लुम्बिनी विकास कोषको गुरूयोजना कार्यान्वयन प्रगतिका बारेमा जानकारी लिनुका साथै सरोकारवालासँग छलफल गरेको छ ।
‘नियत सफा राखौँ, आचारण सुधारौँ’
बुधबार, असोज ९, २०८१
लुम्बिनी प्रदेश सरकारले तयार पारेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनाको मस्यौदामा ११ वटा विषयलाई प्राथमिकता दिइएको छ । भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकतामा ९९ वटा क्रियाकलाप प्रस्ताव गरिएका छन् ।