निखिलको च्याउ खेती : मासिक दुई लाख कमाई, छ जनालाई रोजगार
शुक्रबार, पुस २२, २०७९
गुल्मीमा १६ प्रतिशतले बढ्यो सुन्तला उत्पादन
बिहीबार, पुस २१, २०७९
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा जिल्लामा १६ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । गत वर्ष पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार नौं सय ३६ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा कूल नौ सय...
यस वर्ष धान उत्पादन बढ्यो
शुक्रबार, पुस १५, २०७९
यो वर्ष देशभर धान उत्पादन बढेको छ । गतवर्ष भन्दा यो वर्ष ६ दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ३ लाख ५५ हजार ८ सय ४७ टन बढी धान उत्पादन भएको जनाएको छ ।
बंगुर बिक्री नहुँदा व्यवसायी चिन्तित
मंगलबार, पुस १२, २०७९
बंगुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन् । स्याङ्जा वालिङ–९ पिपलटारीस्थित इन्द्रेणी बंगुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो ।
अर्गलीमा ‘आलु प्रवर्धन’ महोत्सव
मंगलबार, पुस १२, २०७९
जिल्लाको तानसेन नगरपालिका–१४, अर्गलीमा आलु प्रवर्धन महोत्सव गरिएको छ । तानसेन नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि)को सहयोगमा ग्रामीण आर्थिक विकास संघ रेडाको समन्वयमा महोत्सव गरिएको हो ।
सुन्तला महोत्सव : खाने र बोकेर दौड्ने प्रतियोगिता
शुक्रबार, पुस ८, २०७९
गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो ।
एउटै गाउँबाट एक करोडको सुन्तला विक्री
शुक्रबार, पुस ८, २०७९
स्याङ्जाको एउटै गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा ४ सुन्तला बारीबाट यसवर्षमात्रै रु एक करोडभन्दा बढीको सुन्तला विक्री भएको हो । सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष...
पाल्पामा सुन्तला कृषकलाई तालिम
बिहीबार, पुस ७, २०७९
जिल्लाका सुन्तला कृषकहरुका लागि तालिम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना तानसेन पाल्पाले यहाँका सुन्तला कृषकहरुलाई लक्षित गरी तीन दिने तालिम सञ्चालन गरेको हो । सुन्तला जातका फलफूलहरुको उत्पादन बढाई कृषकको आयस्तर बढाउनका लागि तालिम दिन लागिएको सुन्तलता जात फलफूल विकास केन्द्रका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी
बुधबार, पुस ६, २०७९
सामान्य कुराकानी चलिरहेका बेला दुई/चार जनाको एक समूहका बीचमा एउटा सहमति भयो । त्यो सहमति आर्थिक आवश्यकता परिपूर्तिका लागि थियो । आफू र आफ्ना नजिक भएकासँग सम्पर्क गरेर एउटा संस्था स्थापना गर्ने सल्लाह भयो । त्यसपछि ३१ जनाबाट सुरु भएको संस्था आज १४ हजारभन्दा बढीलाई आवद्ध गराउँदै छ जिल्लामा विस्तार...
रैथाने बाली लोप हुँदै
मंगलबार, पुस ५, २०७९
उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान आकर्षित हुँदा रैथाने (स्थानीय) बाली लोप हुन थालेका हुन् ।
पाल्पामा धान उत्पादनमा वृद्धि
बुधबार, मंसिर २८, २०७९
पाल्पा जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताए । जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको हो ।
जापान र फ्रान्स निर्यात गुल्मेली कफी, कफी खेतीमा किसानको आकर्षण
सोमबार, मंसिर २६, २०७९
गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफी खेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी संघमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ ।
तोरी खेतीमा किसानको आकर्षण बढेन
बिहीबार, मंसिर २२, २०७९
पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन् । ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु’, उनले भने ‘तोरी खेती सजिलो भएपनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, पन्थीले भने ।