Shittalpati
रेसुङ्गा नगरपालिकामा कृषकलाई त्रिपाल र कर्नी वितरण
रेसुङ्गा नगरपालिकामा कृषकलाई त्रिपाल र कर्नी वितरण जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरिएको छ । रेसुङ्गा नगरपालिका वडाकार्यालय १ ले आइतबार २५ जना कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरेको हो ।
५७ करोडको सुन्तला विक्री
५७ करोडको सुन्तला विक्री सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यसवर्ष ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला विक्री भएको छ । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भएपनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्ताला विक्री भएको हो ।
पाल्पामा लोप हुँदै रैथाने अन्नबाली
पाल्पामा लोप हुँदै रैथाने अन्नबाली रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनत अनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पा लगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।
किसानलाई आर्थिक रुपमा सबल बनाउन कृषि : अध्यक्ष थापा
किसानलाई आर्थिक रुपमा सबल बनाउन कृषि : अध्यक्ष थापा जिल्ल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा मगरले गाउँपालिका भित्रका किसानहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन कृषिलाई प्राथमिकता दिइएको बताएका छन् ।
स्याङ्जामा ६७ हजार मेट्रिक टन धान उत्पादन
स्याङ्जामा ६७ हजार मेट्रिक टन धान उत्पादन स्याङ्जामा यसवर्ष झण्डै ६७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा वर्षे धान ६२ हजार २ सय ७१ र चैते (हिउँदे) धान चार हजार ४ सय ६४ गरी कूल ६६ हजार ७ सय ३५ मेट्रिक टन धान उत्पादन भएको हो । स्याङ्जामा यसवर्ष १६ हजार ८ सय ३०...
ग्रामीण क्षेत्रका महिला कृषि र पशुपालन व्यवसायमा आत्मनिर्भर
ग्रामीण क्षेत्रका महिला कृषि र पशुपालन व्यवसायमा आत्मनिर्भर यहाँका ग्रामीण क्षेत्रका महिला पछिल्ला वर्षमा आत्मनिर्भर बन्न थालेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला कृषि तथा पशुपालनका क्षेत्रमा लागेपछि आत्मनिर्भर हुन थालेका हुन् । परिश्रमी महिला स्वदेशमा नै कर्म गरी प्रशस्त आम्दानी गरिरहेका छन् ।
स्याङ्जालाई बीउमा आत्मनिर्भर बनाइँदैं
स्याङ्जालाई बीउमा आत्मनिर्भर बनाइँदैं जिल्लालाई बीउमा आत्मनिर्भर बनाउनका लागि जिल्लाभरिका बीउ उत्पादक समूह र सहकारीबीच समन्वय भएको छ । वालिङमा रहेको कृषि विकास स्रोतकेन्द्र र कृषि ज्ञानकेन्द्रका समन्वयमा जिल्लामा बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आएका किसानको भेलाले जिल्लालाई खाद्यान्न तथा तरकारी बालीको बीउ उत्पादनमा आत्मनिर्भर बनाउनका लागि समन्वय गर्ने निर्णय गरेको हो ।
रिब्दीकोट गापाको दुध भैरव दुध संकलन मार्फत विक्री गरिने
रिब्दीकोट गापाको दुध भैरव दुध संकलन मार्फत विक्री गरिने भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रिब्दीकोट पाल्पाले भैरवस्थानमा दूध संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । दूध संकलन केन्द्रको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष जिसी अब कृषकहरु विचलौयाबाट ठगिन जोगिने विश्वास व्यक्त गरे ।
गाईपालनबाट मनग्य आम्दानी
गाईपालनबाट मनग्य आम्दानी गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक लाहाटाका ३५ वर्षीया लुल्सिराम कुँवर सात वर्ष विदेश बसे । उनले काजकिस्तान दुवै लगायतका देशमा खाना बनाउने काम गर्थे ।
शिविरमा चार हजार बढी पशुपक्षीको उपचार
शिविरमा चार हजार बढी पशुपक्षीको उपचार पाल्पाको निस्दी गाउँपालिकामा चलेको निःशुल्क पशुपक्षी शिविरमा चार हजार बढी पशुको उपचार गरिएको छ । सोमबार निस्दी–२ सहलकोटमा सञ्चालन भएको शिविरमा १ सय ६० घरपरिवारका ४ हजार २ सय १७ पशुपक्षीको उपचार गरिएको पशु शाखा संयोजक ओमबहादुर मश्राङगीले जानकारी दिए ।
स्वदेशमै भविष्य खोज्दै तानसेनका युवा
स्वदेशमै भविष्य खोज्दै तानसेनका युवा तानसेन नगरपालिका–१० जमुनाखर्कमा रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई/चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो ।
भैंसीपालनबाट मनग्य आम्दानी गर्दै अर्याल
भैंसीपालनबाट मनग्य आम्दानी गर्दै अर्याल स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीकी सीता अर्यालले १५ वर्षदेखि भैंसीपालन गर्दै आएकी छन् । दुई भैंसी पालनबाट व्यवसाय थालेकी उनले गतवर्ष ‘सीता कृषि पशुपालन फर्म’ दर्ता गरी आठ भैंसी पाल्दै आएकी छन् ।
Weather Update