Shittalpati
प्रेस चौतारीको प्रदेशस्तरीय लेखा व्यवस्थापन तालिम तानसेनमा

कृष्ण पोखरेल
पाल्पा, प्रेस चौतारी नेपालको प्रदेशस्तरी लेखा व्यवस्थापन तालिम तानसेनमा भएको छ । शुक्रबारदेखि लुम्बिनी प्रदेशका १२ जिल्लाका चौतारीका पदाधिकारीहरुलाई दुई दिने तालिम सञ्चालन गरिएको हो । प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजना, चौतारी लुम्बिनी प्रदेशको समन्वय र होटल पौवाको सहकार्यमा तालिम सञ्चालन भएको छ ।

तालिमको चौतारीका केन्द्रीय महासचिव हिरामान लामाले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै महासचिव लामाले संगठनलाई आर्थिक रुपम पारदर्शी बनाउनेदेखि हिसाब किताब राम्रोसँग राख्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे । अहिले राजनीतिक संघ संघगठनदेखी तिनका भातृ संघ संगठनमा मौखिक हिसाब किताब भए पनि व्यस्थित लेखा प्रणाली नभएकाले अवस्थामा यो तालिमले चौतारीका सबै शाखाहरुलाई नयाँ अभियानमा जोडेको महासचिव लामाले बताए । जुन संस्थामा आर्थिक पारदर्शी हुन्छ त्यो संस्था चलायमान गतिशित र सबैको विश्वासिलो संस्थाको रुपमा परिचित हुने भएकाले अब प्रेस चौतारी नेपालले पाल्पाको सिको गर्दै देशभरी यो अभियान सञ्चालन गर्ने महासचिव लामाले बताए । प्रेस चौतारी नेपाल श्रमजीवी पत्रकारहरुको संगठन भएकाले यसमा क्रियाशिल पत्रकारहरु व्यवसायिक जनमुखी पत्रकारकारको रुपमा स्थापित हुँदै गएको उनको भनाई छ । कार्यक्रममा संगठनका लुम्बिनी प्रदेशकी महासचिव निरु गौतमले संगठनलाई व्यस्थित, कानुनी रुपमा पारदर्शी बनाउँदै चलाउने जिम्मेवारी बढी अध्यक्ष र कोषाध्यक्षको रहेकाले १२ जिल्लाका अध्यक्ष र कोषाध्यक्षलाई लक्षित गरी लेखा व्यवस्थापनको तालिम आयोजना गरिएको बताईन् । संगठन सञ्चालन गर्नका लागि आम्दानी खर्च दुबैको पाटो जरुरी भएकाले हिसाब किताब पनि व्यस्थित लेखा प्रणालीबाट राख्नुपर्ने हुँदा २ दिने तालिमको आयोजना गरिएको लुम्बिनी प्रदेशकी महासचिव गौतमले बताईन् ।

तालिममा लेखा परीक्षक दिवाकर अर्यालले कार्यालय व्यवस्थापन, नगदी रसिद, गोश्वरा भौचर, बैंक नगदी किताव, बजेट सिट, पेश्की खाता, मास्केवारी खर्चको फाँटवारी, डे बुकको बारेमा प्रशिक्षण दिएका छन् । पत्रकार महासंघ पाल्पाका पूर्व सचिव किरण कौशलले स्थानीय र प्रदेश सरकारका विषयमा रिपोटि· गर्नुपर्ने विषयबस्तु, डा. रामबहादुर राउतले संस्थाको कोष बृद्धि, आर्थिक प्रतिवेदन तयार विधी प्राध्यापक गुरास आत्रेय,लेखा परीक्षण र बेरुजुका विषयमा लेखा अधिकृत चण्डीराज बस्यालले सहजीकरण गरेका छन् । कार्यक्रम उद्घाटन सत्र प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, चौतारीका केन्द्रीय सदस्य तथा पाल्पा ईन्चाज मिलन विश्वकर्माको स्वागत्, सचिव नारायण न्यौपानेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update