Shittalpati
असईका छोराले जन्मदिनमा गराए असहायलाई भोजन

पाल्पा, पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने नाममा जथाभावी फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएका बेला पाल्पामा भने नेपाल प्रहरीका एक असईका छोराले जन्मदिनमा असहायलाई भोजन गराएका छन् । पर्वत फलेवास नगरपालिका–७ लिमिथाना स्थायी घर भई हाल तानसेन असनटोलमा बस्दै आएका प्रहरी सहायक निरीक्षक (असई) सन्तोष रेग्मीका ९ वर्षीय छोरा बसन्त रेग्मीले जन्मदिनको अवसरमा असहायहरुलाई भोजन गराएका हुन् ।

तानसेनको सिद्धिविनायक एकेडेमीमा कक्षा २ मा अध्ययनरत रेग्मीले सोमबार बुुबा सन्तोष, आमा रुकमाया र दाजु शिशिरको साथमा तानसेनस्थित भूषलडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगी २९ जना असहायहरुलाई सामूहिक भोजन गराएका छन् । विगतमा के काटेर जन्मदिन मनाएका रेग्मीले यस पटक भने असहायलाई भोजन गराई जन्मदिन मनाएको बुवा सन्तोष रेग्मीले बताए । उनले भने ‘छोराले सानैदेखि वृद्धवृद्धाहरुलाई बढी माया गर्ने गर्थे, उनमा सेवा गर्नुपर्छ भन्ने भावना रहेकाले जन्मदिनमा आश्रममा रहेका असहायहरुलाई एक छाक भोजन गराएका हुन् ।’ छोराले केक काट्ने, साथीभाइहरु जम्मा गरेर फजुल खर्च नगर्ने भनेपछि आश्रममा पुगेर असहायहरुको हौसला प्रदान गर्न एक छाक भोजन गराईको बुुवा रेग्मीले बताए । उनी भन्छन् ‘आफ्नो सबै खुसीमा आफु मात्र खुसी हुनु जीवन सफल हुनु होईन, आफ्नो थोरै खुसी बाडेर अरुलाई पनि खुसी बनाउनु नै जीवनको सफलता हो ।’ आगामी दिनमा पनि छोराको जन्मदिनमा गरिने खर्च गरिब, भोका ना·ाहरुलाई सहयोग गर्ने रेग्मीले बताए । राष्ट्र सेवकमा खटिएका रेग्मी विगतमा छोराको जन्मदिनमा सँगै हुन नपाएपनि यस पटकको जन्मदिनमा भने पुरै दिन छोरालाई समय दिने बताए । सानो बाबुले जन्मदिनमा आफुहरुलाई भोजन गराएको भन्दै आश्रममा रहेका वृद्धवृद्धाहरु उत्साहित भएका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update