तिब्बतमा भूकम्प, नेपालमा धक्का
शनिबार, फागुन २४, २०८१

बस्ती संरक्षणका लागि तटबन्धन
शनिबार, फागुन २४, २०८१
बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न थालिएको हो ।

हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा
शनिबार, फागुन २४, २०८१
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

पाल्पामा वडा कार्यालयमा मौरीपालन व्यवसायको नयाँ अभ्यास
शनिबार, फागुन २४, २०८१
घरका भित्ता, बार्दली, आँगनका डिल वा बारीका छेउछाउ, बगैँचा वरपर मौरीका घार राखिएका हुन्छन् । यसरी नै गाउँघरमा मौरीपालन गरिन्छ । घरका आँगन वरपर, बार्दली, पिँढी तथा भित्तामा पनि मौरीपालन गरेर किसानले राम्रै लाभ लिएका छन् । यी त आमनागरिकलाई देखेका, भोगेका र जानेका कुरा हुन् ।

आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
शनिबार, फागुन २४, २०८१
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ ।

तानसेनका युवालाई डिजिटल मार्केटिङ र उद्घोषण तालिम
शुक्रबार, फागुन २३, २०८१
सशक्तिकरण विकास नेपाल तानसेन पाल्पाले युवाहरुलाई लक्षित गरेर तीन दिने उद्घोषण तथा डिजिटल मार्केटिङ्ख तालिम सञ्चालन गरेको छ ।

सभाहल निर्माण गरिँदै
शुक्रबार, फागुन २३, २०८१
२३ फागुन स् सहिद बहुमुखी क्याम्पस रामपुरमा शैक्षिक सभाहल निर्माण कार्य भइरहेको छ । रामपुर नगरपालिकाले बजेट विनियोजन गरेपछि क्याम्पस प्रशासनले शैक्षिक गतिविधि सञ्चालन गर्न सभाहल निर्माण थालनी गरेको हो ।

भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर
शुक्रबार, फागुन २३, २०८१
राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ ।

रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै
बिहीबार, फागुन २२, २०८१
जिल्लाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताए ।

हस्तान्तरण भएको १५ महिनापछि ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा
बुधबार, फागुन २१, २०८१
जिल्लाको तानसेनस्थित कैलाशनगरमा निर्माणधिन ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा आएको छ । प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको १५ महिनापछि बुधबार डबली सञ्चालनमा आएको हो ।

गुल्मीको छत्रकोटमा परीक्षा सेन्टर सार्ने निर्णयको विरोध
बुधबार, फागुन २१, २०८१
(श्रृंगा) जिल्लाको छत्रकोट गाउँपालिका– ४ मा रहेको श्रृंगा माविमा धेरै बर्ष देखिको परीक्षा केन्द्रलाई यो बर्षदेखि हटाउँने निर्णय भएपछि स्थानीय अभिभावकहरु आक्रोशित भएका छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले आफ्नो अनुकुलताको व्यवस्थापन समिति नबने पछि त्यसको प्रतिशोध साँधेर उनकै निर्देशनमा बर्षोदेखि चली आएको एसईईको परीक्षा केन्द्र यो बर्षदेखि सो स्कुलमा...
-1741169603.jpg)
पर्यटन प्रवर्द्धनसँगै पोषण सुधारका लागि कुखुरा वितरण
बुधबार, फागुन २१, २०८१
जिल्लाको रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत भँगारीमा छ लाख ६० हजार मूल्य बराबरका स्थानीय जातका कुखुरा वितरण गरिएको छ । यहाँस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पोषण सुधारका लागि ग्रामीण कुखुरापालन कार्यक्रमअन्तर्गत भँगारीका कृषकलाई कुखुरा वितरण गरिएको हो ।

सङ्ग्रहालयमा कार्यपालिका बैठक
बुधबार, फागुन २१, २०८१
जिल्लाको धुर्कोट गाउँपालिका, गाउँ कार्यपालिकाको बैठक धुर्कोट सङ्ग्रहालयमा बसेको छ । सङ्ग्रहालयको प्रचारप्रसार गर्दै दिगो सञ्चालनका लागि मङ्गलबारको कार्यपालिका बैठक सङ्ग्रहालयमा बसेको हो ।