असक्त महिलालाई कुखुरा वितरण
मंगलबार, माघ १५, २०८१

आज नर्सिङ दिवस मनाइँदै
मंगलबार, माघ १५, २०८१
आज देशभर नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ ।

द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा स् मुख्यमन्त्री आचार्य
सोमबार, माघ १४, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्व निरुपणको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । अमर प्रहरी परिवार र असक्त प्रहरी सङ्घ लुम्बिनी प्रदेश समितिसँग आज छलफल गर्दै उनले सङ्घीय सरकारले द्वन्द्व परिपुरणको कामलाई अघि बढाउन तथा प्रदेश सरकारले द्वन्द्वपीडितको उपचार र उद्यमशीलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

सिद्धबाबामा ‘लघु सङ्ग्रहालय’ स्थापना
आइतबार, माघ १३, २०८१
जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिने उद्देश्यले लघु सङ्ग्रहालय स्थापना गरेको हो । विद्यार्थीलाई पढाइसँगै प्राचीन समयमा प्रयोग भएका सामग्रीको जानकारी दिने र प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो ।

सहिद माथेमाप्रति श्रद्धाञ्जली अर्पण
आइतबार, माघ १३, २०८१
सहिद सप्ताहअन्तर्गत सहिद धर्मभक्त माथेमाप्रति आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा सहिद माथेमाले अमरत्व प्राप्त गरेका सिफलमा आयोजित श्रद्धाञ्जलीसभामा उनिको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको हो ।

आज विश्व कुष्ठरोग दिवस मनाइँदै
आइतबार, माघ १३, २०८१
७२ औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गर्ने उद्देश्यले आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै
आइतबार, माघ १३, २०८१
अन्तर्राष्ट्रिय भन्सार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । विश्व भन्सार संगठनले हरेक वर्षको जनवरी २६ तारिखमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने घोषणा गरेसंगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।

लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा
शनिबार, माघ १२, २०८१
जिल्लाको रामपुरमा लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा तथा छलफल भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ र २०८१/८२ योजना कार्यक्रमको लैङ्गिक समानता र सामाजिक समावेशीकरण र लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा सहित छलफल गरेको हो ।

समाज र राष्ट्र निर्माणमा भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण : सभापति श्रेष्ठ
शुक्रबार, माघ ११, २०८१
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूूर्ण रहेको बताएका छन् । शुक्रबार काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाको पाँचौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूर्ण रहेको बताएका हुन् ।
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
शुक्रबार, माघ ११, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवनको उद्घाटन गरिएका छ । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण भएको चार तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भर्चुअलमार्फत उद्घाटन गरेका हुन् ।

पाल्पामा ११ महिनामा ७४ जनाले गरे आत्महत्या
शुक्रबार, माघ ११, २०८१
जिल्लाको रामपुर नगरपालिका–८ रातमाटाकी २२ वर्षीया मनिषा श्रेष्ठले गत जेठ ३० मा आफ्नै घरको कोठामा पंखमा पासो लगाई आत्महत्या गरिन् । त्यसअघि माथागढीका एक पुरुषले पनि डोरीको पासो लगाई आत्महत्या गरे । पाल्पामा आत्महत्या घटनाका यी केही उदाहरण हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म ७४ जनाले...

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
शुक्रबार, माघ ११, २०८१
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । सोही अनुरुप हरेक वर्ष...

चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना
बिहीबार, माघ १०, २०८१
जथाभावी छाडा चौपाया छोड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन सुरु गरेको छ । छाडा चौयापा नियन्त्रण र व्यवस्थापन अभियान सुरु गरेको नगरपालिकाले चौपाया धनीलाई पहिलो पटकमा सात हजार जरिवाना तिराएको हो ।