सहिद सप्ताह आजदेखि, पहिलो दिन शास्त्रीको सम्झना गरिदैं
बिहीबार, माघ १०, २०८१

आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
बुधबार, माघ ९, २०८१
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ ।

गुल्मीको मालिकामा ६० वर्षीय पुुरुष मृत फेला
मंगलबार, माघ ८, २०८१
जिल्लाको मालिका गाउँपालिका– ८ मर्भुङ्खमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । स्थानीय ६० वर्षीय लालबहादुर रोका मृत अवस्थामा फेला परेका हुन् ।

हलगोरु पाल्ने किसानलाई सम्मान
मंगलबार, माघ ८, २०८१
यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ । पछिल्लो समय युवाहरू विदेश पलायन भएको र मिनिटिलर, ट्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानको सङ्ख्या घटेको छ । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो जमिन बढेपछि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ जना...

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
मंगलबार, माघ ८, २०८१
लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ ।

पाल्पामा ११ महिनामा ६८ फरार प्रतिवादी पक्राउ
मंगलबार, माघ ८, २०८१
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६८ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले ११ महिनामा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

आले हत्याको अभियुक्त साढे दुई वर्षपछि पक्राउ
सोमबार, माघ ७, २०८१
पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–५ की ७८ वर्षीया भूम कुमारी आले हत्याको अभियुुक्त साढे दुुई वर्षपछि पक्राउ परेकी छन् । आलेको हत्या गरेको आरोपमा सोही ठाउँकी ५४ वर्षीया नीरा कुमारी लम्तरी पक्राउ परेकी हुन् ।

ओझेलमा सिद्धे चमेरे गुफा
आइतबार, माघ ६, २०८१
तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा प्रचारप्रसार तथा बाटोको असुविधाका कारण ओझेलमा परेको छ । जिल्लाकै पर्यटकको राम्रो सम्भावना बोकेको भएर पनि धेरैलाई जानकारी नहुँदा अवलोकनका लागि न्यून सङ्ख्यामा पर्यटक जाने गर्दछन् ।

पाल्पामा बढ्दो साइबर अपराध
आइतबार, माघ ६, २०८१
इन्टरनेटको पहुँच बढेसँगै पाल्पामा पनि साइबर अपराधको दर बढ्दो छ । विद्युतीय माध्यमको दुरुपयोगबाट हुने अपराधको ग्राफ बढ्दै गएको जिल्ला प्रहरी कार्यालयमा पर्ने उजुरीले देखाएको हो ।

पाल्पाको वसन्तपुरमा नेपाल–भारत सीमा सुरक्षा बैंठक
शनिबार, माघ ५, २०८१
पाल्पाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा नेपाल–भारत सीमा सुरक्षा बैठक भएको छ । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय समन्वयात्मक बैठक भएको हो ।

अनलाइनबाट नागरिकता सिफारिस
शनिबार, माघ ५, २०८१
जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ ।

अवैध लागूऔषध ओसार–पसार बढ्दो
शनिबार, माघ ५, २०८१
नेपालमा पछिल्लो समय लागूऔषध दुरुपयोग एवं अवैध ओसार–पसार बढ्दो छ । खास गरी साथीभाइको संगत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारिक चिन्तनका कारण नेपालमा लागूपदार्थको दुरुपयोग एवं अवैध ओसार–पसार बढ्दो रहेको हो ।