Shittalpati
नेप्से परिसूचकमा सामान्य अड्ढले सुधार
नेप्से परिसूचकमा सामान्य अड्ढले सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अड्ढको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ८३ अड्ढले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो । बुधबार दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार...
संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक सशक्तीकरण गर्न सकिन्छ
संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक सशक्तीकरण गर्न सकिन्छ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने बताएका छन् । माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा उनले मंलबार दिएको शुभकामना सन्देशमा मौलिक कला, संस्कृति जोगाउनु सबैको साझा कर्तव्य भएको उल्लेख गरे ।
माघे संक्रान्ति पर्व, देशभर सार्वजनिक विदा
माघे संक्रान्ति पर्व, देशभर सार्वजनिक विदा माघ १ अर्थात् माघे संक्रान्ति । माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । थारू, मगर, किराँत समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँछन् ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुखमा डा. पन्त नियुक्त
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुखमा डा. पन्त नियुक्त ,त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुखमा डा. टंक प्रसाद पन्त नियुक्त भएका छन् ।  त्रिभुवन विश्वविद्यालयले गरेको क्याम्पस छनोट प्रक्रियामा उत्कृष्ट भई उप–प्राध्यापक पन्त ४ बर्षे कार्यकाल लागि क्याम्पस प्रमुख नियुक्त भएका हुन् ।
बाघको आक्रमणमा महिलाको मृत्यु
बाघको आक्रमणमा महिलाको मृत्यु बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो । ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा
प्याब्सन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा पन्त
प्याब्सन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा पन्त निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाको नयाँ नेतृत्व चयन भएको छ । प्याब्सन तानसेनमा भएको नवौ अधिवेशनले नयाँ नेतृत्व चयन  गरेको हो ।
रामपुर नगर सभाको १६ औँ अधिवेशन : संशोधित स्थानीय युवा परिषद् ऐन पारित
रामपुर नगर सभाको १६ औँ अधिवेशन : संशोधित स्थानीय युवा परिषद् ऐन पारित जिल्लाको रामपुर नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशन सकिएको छ ।  स्थानीय युवा परिषद् ऐन संशोधन सहित विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सर्वसम्मत पारित गरी  अधिवेशन सकिएको हो ।
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए । मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र सुरू गरे विभिन्न मूर्ति बनाउन । न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरू गरे । अहिले उनि विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहेका छन्...
संशोधित विनियोजन ऐन र न्यायिक प्रतिवेदन पारित
संशोधित विनियोजन ऐन र न्यायिक प्रतिवेदन पारित जिल्लाको तानसेन नगरपालिका नगर सभाको १६ औँ अधिवेशन विभिन्न ऐन संशोधन तथा प्रतिवेदनहरू पारित गर्दै सकिएको छ । नेपालको संविधानमा व्यवस्था भए अनुरुप संसदीय अभ्यासका साथ विहीबार नगरसभाको अधिवेशन सकिएको हो ।हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले विनियोजन ऐन, २०८१ (संशोधन विधेयक) र न्यायिक समितिको प्रतिवेदन सर्वसहमत रुपमा पारित गरेको छ ...
रामपुरमा ‘लक्ष्मीनारायण पाटी संग्रहालय’
रामपुरमा ‘लक्ष्मीनारायण पाटी संग्रहालय’ जिल्लाको रामपुरमा लक्ष्मीनारायण पाटी संग्रहालय स्थापना गरिएको छ । रामपुर नगरपालिका–४, खोप्टारमा रहेको धर्मशालामा उक्त संग्रहालयको स्थापना गरिएको हो । लक्ष्मीनारायण गुठीद्वारा सञ्चालित धर्मशालामा स्थापना गरिएको पाटी संग्रहालयको एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।
लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश
लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 
Weather Update