आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
मंगलबार, कात्तिक २७, २०८१

विश्व निमोनिया दिवस मनाइँदै
मंगलबार, कात्तिक २७, २०८१
आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन यो दिवस मनाउन सुरु गरिएको हो ।

भोली रामपुर नगरपालिकाले दियो सार्वजनिक बिदा
सोमबार, कात्तिक २६, २०८१
हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै विदा दिएको जनाएको हो ।

घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो
आइतबार, कात्तिक २५, २०८१
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो ।

आज महागुरु फाल्गुनन्द जयन्ती
आइतबार, कात्तिक २५, २०८१
राष्ट्रिय विभूति तथा किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १ सय ४० औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । किरात धर्मावलम्बीहरूले यो जयन्ती विशेष गरी कोशी प्रदेशका जिल्लाहरूमा मनाउने गरेको पाइन्छ ।

पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा
शुक्रबार, कात्तिक २३, २०८१
गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्र्दताका कारण पर्यटकको आकर्षण बढ्दै गएको हो ।

भ्रष्टाचार गरी आनन्द लिइरहेकाहरुको अहिले निदहराम भएको छ : उपाध्यक्ष श्रेष्ठ
शुक्रबार, कात्तिक २३, २०८१
नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले भ्रष्टाचार गरी आनन्द लिइरहेकाहरुको अहिले निदहराम भएको बताएका छन् । पाल्पाको तानसेनमा माओवादी केन्द्रले आयोजना गरेको अगुवा कार्यकर्तासँगको भेटघाटमा बोल्दै उनले आफुलाई ठूलाबडा, शक्तिशाली भन्नेहरु भ्रष्टाचार गरी आनन्द लिइरहेकाहरुको अहिले निदाहराम भएको बताएका हुन् ।

‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’
शुक्रबार, कात्तिक २३, २०८१
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताएका छन् ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन
शुक्रबार, कात्तिक २३, २०८१
मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै समापन गरिदै छ । चार दिनसम्म मनाइने छठ सूर्यको पूजा आराधनासँगै गाईको दूधसहितको अर्घ्य दिएपछि समापन गर्न लागिएको हो ।

पाल्पामा भोलिदेखि हुने ‘हेरिटेज राइड’को तयारी पुरा
बिहीबार, कात्तिक २२, २०८१
पाल्पामा भोलि शुक्रबारदेखि हुने ‘हेरिटेज राइड–२०८१’ को तयारी पुरा भएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा हुन लागेको दुई दिने सम्पदा यात्राको सम्पूर्ण तयारी पुरा भएको हो ।

सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
बिहीबार, कात्तिक २२, २०८१
यहाँका एक किसानले दशैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल भएका छन् ।

आज छठ पर्वको मुख्य दिन, सूर्यको पूजा गरी मनाइँदै
बिहीबार, कात्तिक २२, २०८१
आज छठ पर्वको मुख्य दिन सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।

देशका अधिकांश भागमा मौसम सफा रहने
बुधबार, कात्तिक २१, २०८१
जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।