मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो
बुधबार, असोज ९, २०८१

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली
बुधबार, असोज ९, २०८१
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली भएको छ ।

मौसममा फेरि बदली, शनिबारसम्म वर्षाको सम्भावना
बुधबार, असोज ९, २०८१
केही दिन सुधार आएको मौसममा फेरि बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि आगामी शनिबारसम्म मौसममा बदली रहने भएको हो ।

थारू महिलाहरुको जितिया पर्व
बुधबार, असोज ९, २०८१
तराईका थारू समुदायका महिलाहरुले मंगलबारदेखि जितिया पर्व मनाइरहेका छन् । सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन तराईका थारुसहित अन्य समुदायका महिलाले पहिलो नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका हुन् ।

बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय
मंगलबार, असोज ८, २०८१
सामुदायिक विद्यालयका विद्यार्थीलाई जीवनोपयोगी सीप दिन थालिएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले बत्ती कात्ने, ब्यूटीपार्लरअन्तर्गत थ्रेडिङ गर्ने, दुनाटपरी बनाउनेजस्ता सीप विद्यार्थीलाई दिन थालेको हो । जानेको सीप विद्यार्थीलाई प्रयोगात्मक रूपमै सिकाउन पाउँदा शिक्षक र शिक्षिका पनि खुसी देखिन्थे ।

दाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन
मंगलबार, असोज ८, २०८१
यहाँ सरकारले चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्टटे डिङ कर्पोरेशन घोराहीले सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।

एसईईको पूरकमा ५६.७८ प्रतिशत उत्तीर्ण
मंगलबार, असोज ८, २०८१
यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सोमबार प्रकाशन गरेको परीषाफल अनुसार पूरक परीक्षामा १ लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका हुन् ।

सामुदायिक विद्यालयमा निःशुल्क प्राविधिक शिक्षा
मंगलबार, असोज ८, २०८१
तुलसीपुर उपमहानगरपालिका–६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले निःशुल्क रुपमा तीन वटा विषयको प्राविधिक शिक्षा दिने भएको छ । सूचना प्रविधिको २४ महिने, इलेक्ट्रिक २४ महिने र मन्टेश्वरीको इसिडिएफ कक्षाको २४ महिने कार्यक्रम सुरु गर्न लागिएको हो ।

पूर्वडीआईजी जोशीलाई हिरासतमा राख्न अनुमति
मंगलबार, असोज ८, २०८१
सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुुमति दिएको छ ।

आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस
सोमबार, असोज ७, २०८१
आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइँदै छ । सुनाइसम्बन्धी अपा·ता भएका व्यक्तिहरूको पहिचान तथा सांकेतिक भाषाको महत्व, आवश्यकतालाई विश्वभर फैलाउने उद्देश्यले हरेक वर्ष असोज ७ गते (सेप्टेम्बर २३) का दिन मनाउने गरिएको हो । संयुक्त राष्ट्र संघ (युएन) ले सन् २०१७ मा सांकेतिक भाषाहरूको दिवस मनाउने निर्णय...

यस वर्षको दसैं टीकाको उत्तम साइत ११ बजेर ३६ मिनटमा
आइतबार, असोज ६, २०८१
यस वर्ष विजया दशमीको साइत असोज २६ गते शनिबार बिहान ११ बजेर ३६ मिनटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।