Shittalpati
पाल्पामा रोकिएन बालविवाह : १३ प्रतिशत किशोरी आमा
पाल्पामा रोकिएन बालविवाह : १३ प्रतिशत किशोरी आमा पाल्पाको निस्दी गाउँपालिका मित्यालकी शान्ती सारु (परिवर्तित नाम)को १५ वर्ष हुँदा मागी विवाह भयो । अहिले उनी २३ वर्षकी भइन् । सारुका चार वर्षका छोरा छन् । उनलाई अहिले सानैमा विवाह भएकोमा पछुतो छ । उमेर नपुगी विवाह भएकाले उनले आफ्ना धेरै चाहनाहरुलाई मनभित्रै खुम्च्याउनु परेको छ ।
‘अख्तियारमा गलत नियतले उजुरी दिँदा सास्ती भयो’
‘अख्तियारमा गलत नियतले उजुरी दिँदा सास्ती भयो’ जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुुर थापाले  गलत नियतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिदाँ स्थानीय तहहरुले सास्ती भोग्नु परेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी स्थानीय तहस्तरीय अन्तक्र्रिया  कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
चट्याङ लागेर एकको मृत्यु
चट्याङ लागेर एकको मृत्यु निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको शुुक्रबार राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए ...
पाल्पामा मनाइयो शान्ति दिवस
पाल्पामा मनाइयो शान्ति दिवस पाल्पामा विभिन्न कार्यक्रम गरी विश्व शान्ति दिवस मनाइएको छ । तानसेनमा रहेको धर्मचक्र वौद्ध युवा संघ तानसेनको आयोजनामा कैलाशनगरको सांस्कृतिक डवलीमा धार्मिक कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।
लक्ष्मी सहकारीको २२ औं साधारण सभा
लक्ष्मी सहकारीको २२ औं साधारण सभा जिल्लाको सदरमुकाम तानसेनमा २०५९ सालमा स्थापना भएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २२ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशन मनाएको छ । सहकारीले शनिबार एक समारोहका बिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्छन् । 
रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि तथा वनजन्य गरी दुई सय १७ वटा उद्योग बन्द भएको घरेलु तथा...
विश्व शान्ति दिवसः विविध कार्यक्रम गरी मनाइँदै
विश्व शान्ति दिवसः विविध कार्यक्रम गरी मनाइँदै आज विश्व शान्ति दिवस । ‘शान्तिप्रति हाम्रो कदम र महत्वाकांक्षा’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
चाडपर्वमा इसेवाबाट कारोबार गर्दा नयाँ कार जित्ने अवसर
चाडपर्वमा इसेवाबाट कारोबार गर्दा नयाँ कार जित्ने अवसर भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं, तिहार र छठ पर्व लक्षित ‘इसेवा महा–उत्सव : इसेवाको कारोबारमा नामीको दामी कार’ नाम गरेको अफर सार्वजनिक गरेको छ ।
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।
आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन   
आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन    दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्कृष्ट ‘ट्रेकिङ’को गन्तव्यका रुपमा परिचित हुँदै गएको हो ।    
देशभर मनसुनी वायुको प्रभाव कायम
देशभर मनसुनी वायुको प्रभाव कायम हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ । 
Weather Update