Shittalpati
नयाँ शैक्षिक सत्रका लागि देशैभर भर्ना अभियान सुरु
नयाँ शैक्षिक सत्रका लागि देशैभर भर्ना अभियान सुरु नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान आइतबारबाट सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र–२०८१ का लागि विद्यार्थी भर्ना अभियान देशभर सुरु भएको हो ।
गुल्मीमा कानुन विपरीतका हतियार जफत गरिने
गुल्मीमा कानुन विपरीतका हतियार जफत गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले कानुन विपरीतका सम्पूर्ण हातहतियार जफत गर्ने भएको छ । पाँच वर्षभन्दा बढी नवीकरण नभएका हातहतियार प्रशासन कार्यालयले जफत गर्ने भएको हो ।
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लागुऔषधसहित १० कारोबारी पक्राउ
लागुऔषधसहित १० कारोबारी पक्राउ ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ परेको छ । अवैध लागुऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागुऔषध पाँच सय तीन एम्पुल एवं मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार दुई सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागुऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।...
आज ‘इदउलफित्र’, सरकारले दियो सार्वजनिक विदा
आज ‘इदउलफित्र’, सरकारले दियो सार्वजनिक विदा इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरी आज ‘इदउत्रफित्र’ मनाउँदै छन । रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एक–अर्कामा शुभकामना साटासाट गरी यो पर्व मनाउने गर्दछन् ।
लागुऔषधसहित दुई महिला पक्राउ
लागुऔषधसहित दुई महिला पक्राउ सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
भोलि देशभर सार्वजनिक विदा
भोलि देशभर सार्वजनिक विदा सरकारले भोलि ‘इदउलफित्र’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७९ चैत २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गृह मन्त्रायले सार्वजनिक विदा दिने  निर्णय गरेको हो । यो पर्व इस्लाम धर्मावलम्वीहरुको प्रमुख चाड हो ।
निजामती कर्मचारी युनियन पाल्पाको शुभकामना सहित भित्ते पात्रो विमोचन
निजामती कर्मचारी युनियन पाल्पाको शुभकामना सहित भित्ते पात्रो विमोचन नेपाल निजामित कर्मचारी युनियन जिल्ला कार्यसमिति पाल्पाले नव वर्षको शुभकामना आदनप्रदान एवं भित्ते पात्रो र टेबल पात्रो २०८१ को विमोचान गरेको छ । कर्मचारी युनियन पाल्पाले एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान–प्रदान र पात्रो विमोचन कार्यक्रम गरेको हो । 
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका–२ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो ।
आज नीमको पात खाने दिन
आज नीमको पात खाने दिन आज नीमको पात खाने दिन । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले बिम्वका रूपमा बुझाउँछ ।
सडकबाट उद्धार गरिएका वृद्धको मृत्यु
सडकबाट उद्धार गरिएका वृद्धको मृत्यु सडकबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएका एक वृद्धको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग सडक छेउको नालीमा अचेत अवस्थामा भेटिएका वृद्धको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा सोमबार मृत्यु भएको हो ।
Weather Update