Shittalpati
विस्फोटमा घाइते दाजुबहिनीको मृत्यु
विस्फोटमा घाइते दाजुबहिनीको मृत्यु फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा विहीबार राति मृत्यु भएको हो ।
हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन
हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् । विसं २०४० र २०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनःनापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौँ जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई ज्ञापनपत्र बुझाएका...
काँग्रेस पाल्पाका पूर्व सभापति विप्रको निधन, देउवाद्वारा दुःख व्यक्त
काँग्रेस पाल्पाका पूर्व सभापति विप्रको निधन, देउवाद्वारा दुःख व्यक्त नेपाली काँग्रेस पाल्पाका पूूर्व सभापती ठाकुर चन्द्र (विप्र) कोइरालाको निधन भएको छ । प्रजातन्त्र सेनानी एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा विप्रको ८५ वर्षको उमेरमा विहीबार निधन भएको हो ।
आजको मौसम :  कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम :  कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ...
बुुटवलमा विद्युतीय सवारीको प्रवर्द्धन गर्न प्रयास 
बुुटवलमा विद्युतीय सवारीको प्रवर्द्धन गर्न प्रयास  नेपालमा पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारी साधनलाई विकल्पको रूपमा अगाडि सारेर बहस चल्दै आएको छ । न्यून कार्बन उत्सर्जन हुने भएकाले वातावरणविद् पनि विद्युतीय सवारी साधनकै पक्षमा वकालत गरिरहेका छन् । 
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै छ । मानव अस्तित्वलाई विनाशकारी र हानिकारक हुनबाट बच्न आणविक परीक्षणहरू अन्त्य गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध
गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध जिल्लाको चार पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । 
भगवती मन्दिरको पुनर्निर्माण छिट्टै गर्छौंं: मुख्यमन्त्री आचार्य
भगवती मन्दिरको पुनर्निर्माण छिट्टै गर्छौंं: मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक श्री ७ रणउज्जेश्वरी भगवती मन्दिरको पुनर्निमार्ण छिट्टै गर्ने बताएका छन् ।
गुल्मीमा कफी र सुन्तलाका लागि क्षेत्र विस्तार
गुल्मीमा कफी र सुन्तलाका लागि क्षेत्र विस्तार गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन कार्यक्रमका लागि क्षेत्र विस्तार गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयनको आयोजनामा जिल्लाका १२ स्थानीय तहअन्तर्गतका विभिन्न वडामा क्षेत्र विस्तार गरिएको हो । 
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण आजभन्दा हजारौँ वर्षअघि भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा जन्मिएका कृष्णको वैदिक सनातन धर्ममा सर्वोच्च स्थान छ । विश्वभरिका सनातन धर्मावलम्बीले कृष्ण जन्मिएको पावन तिथिलाई कृष्णाष्टमीका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । यतिखेर कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । धुमधामका साथ पूजाअर्चना गर्दै उनको  आराधना गरिन्छ ।
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै आज ‘श्रीकृष्ण जन्माष्टमी’, देशभर धुमधामका साथ मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरूले कृष्ण मन्दिरहरूमा गई श्रीकृष्णको पूजा आराधना, व्रत र भजनकीर्तन गरी  यो पर्व मनाउन लागेका हुन् ।
सोमबार हुने रम्भादेवी सांस्कृतिक महोत्सवको तयारी पुरा 
सोमबार हुने रम्भादेवी सांस्कृतिक महोत्सवको तयारी पुरा  जिल्लाको रम्भा गाउँपालिका–५, ताँहुको ऐतिहासिक धार्मिकस्थल रम्भादेवी मन्दिरस्थित नाचनडाँडामा सोमबार( भोली) हुन लागेको सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । कृष्ण जन्माष्टमीको दिन सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सह–आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको हो ।
Weather Update