सोमबार हुने रम्भादेवी सांस्कृतिक महोत्सवको तयारी पुरा
आइतबार, भदौ ९, २०८१

सन्तानको कामनासहित तीनछठ्ठी पर्व मनाइँदै
आइतबार, भदौ ९, २०८१
पश्चिम तराईमा सन्तानको दीर्घायुको कामनासहित आज तीनछठ्ठी पर्व मनाइँदैछ । भैरहवा र आसपासका क्षेत्रहरु धकधई, बेथरी, मर्चवारलगायत स्थानका महिलाहरुले व्रत बसेर यो पर्व मनाइरहेका छन् ।

तानसेनमा निकालियो भिमसेन रथयात्रा
शनिबार, भदौ ८, २०८१
तानसेनमा भिमसेन रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेनको रथयात्रा शनिबार निकालिएको हो ।

जेसिजको विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना
शनिबार, भदौ ८, २०८१
पाल्पा जेसिजले विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । जेसिजले तानसेनमा रहेको मोहन कन्या माविका विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना प्रदान गरेको हो ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
शुक्रबार, भदौ ७, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।
-1724331403.jpg)
तानसेनमा निकालियो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा
बिहीबार, भदौ ६, २०८१
जिल्लाको तानसेनमा श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै रोपाइँजात्राको भोलिपल्ट निकालिने रथ यात्रा विहीबार निकालिएको हो ।

सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ
बिहीबार, भदौ ६, २०८१
घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

लिफ्ट खानेपानी आयोजनाले विद्युतमा पाए अनुदान
बिहीबार, भदौ ६, २०८१
स्याङ्जाका एक सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलबापत रु एक करोड बढी अनुदान पाएका छन् । गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरुपमा खानेपानी सेवा पुर्याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए ।

पाल्पामा समलिङ्गी विवाहलाई कानुनी मान्यता
बिहीबार, भदौ ६, २०८१
विवाह गरेको ३ वर्षपछि एक समलिंगी जोडीले कानुनी मान्यता पाएको छ । रामपुर नगरपालिका– ९ को वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।

पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता
बुधबार, भदौ ५, २०८१
पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको छ ।

तानसेनमा गाईजात्राको रौनक (फोटो फिचर)
मंगलबार, भदौ ४, २०८१
पाल्पाको तानसेनमा आज गाईजात्राको रौनक देखिएको छ । दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व मनाइएको हो ।

घोराहीमा उपमहानगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था
मंगलबार, भदौ ४, २०८१
ही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ ।