पाल्पामा डेंगुको महामारी, एकको मृत्यु, एक सय २१ विरामी
मंगलबार, असोज ४, २०७९

पाल्पामा डेंगु संक्रमित पुरुषको मृत्यु
सोमबार, असोज ३, २०७९
पाल्पामा डेंगु संक्रमित एक पुरुषको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका ५८ वर्षीय डेंगु संक्रमित पुरुषको ज्याज गएको हो । उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा शनिबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा राष्ट्रिय परिवार नियोजन दिवस मनाइयो
आइतबार, असोज २, २०७९
नवौं राष्ट्रिय परिवार नियोजन दिवस तथा ६४ औं नेपाल परिवार नियोजन संघ स्थापना दिवस पाल्पामा पनि मनाइएको छ । ‘व्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले आइतबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरसंवाद...

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा
शुक्रबार, भदौ ३१, २०७९
लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरे ।

डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह
बुधबार, भदौ २९, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो
आइतबार, भदौ २६, २०७९
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याड्ढनमा नेपालमै पहिलो भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याड्ढनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो ।

लुम्बिनी अस्पतालको भवन ठेक्का यथास्थितिमै राख्न आदेश
बुधबार, भदौ २२, २०७९
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भवन ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश दिएको छ । गत साउन २५ गते न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा गत शुक्रबार अन्तरिम आदेशमार्फत त्यसलाई निरन्तरता दिएको हो ।

डेंगुले कोरोना ओझेलमा, पाल्पामा पनि बढ्यो डेंगु, परीक्षण गर्न किट अभाव
मंगलबार, भदौ २१, २०७९
मुलुकको सम्पूर्ण ध्यान कोभिड–१९ तिर केन्द्रित भइरहेका बेला एकाएक डेंगुको लहर उर्लंदो छ । काठमाडौैं केन्द्रित जस्तो देखिएको डेंगु पछिल्लो समय पाल्पा सहित देशका ७२ जिल्लामा फैलिसकेको छ । मुलुकमा दैनिक २÷३ सयको हारहारीमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय डेंगु संक्रमणले ओझेलमा परेको छ ।

सोमबार दुई सय छ संक्रमित निको भए
सोमबार, भदौ २०, २०७९
पछिल्लो २४ घण्टामा मुलुकमा दुई सय ६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल र होमआइशोलेसनमा उपचार गराइरहेका दुई सय ६ जना संक्रमित निको भएका हुन् । योसँगै निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

वृद्धवृद्धालाई टोलमै उपचार
आइतबार, भदौ १९, २०७९
तानसेन नगरपालिका ३ भगवती टोलका ६० वर्षीय अनमोल श्रेष्ठलाई उमेर ढल्कदै गएपछि बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । टोलमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन् । चिकित्सक सहितको स्वास्थ्यकर्मी टोलमै आएर उनको प्रेसर र सुगर चेक गरे । त्यसपछि उनी निःशुल्क औषधि दिएर घर फर्किए ।...

तानसेनमा दीर्घरोगी र वृद्धवृद्धालाई निः शुल्क स्वास्थ्य सेवा
शनिबार, भदौ १८, २०७९
दिर्घरोगी र वृद्धवृद्धालाई लक्षित गरी तानसेनको बसन्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । घर–घर, टोल–टोलमा नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा अभियान अन्र्तगत तानसेन नगरपालिका –३ वडा कार्यालयले कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

पाल्पामा आमा सुरक्षा कार्यक्रम पुनः सञ्चालन
बिहीबार, भदौ १६, २०७९
पाल्पामा निःशुल्क रुपमा आमा सुरक्षा कार्यक्रम लागु भएको छ । २ वर्षदेखि बन्द अवस्थामा रहेको आमा सुरक्षा कार्यक्रम यही भदौ १५ गतेदेपख पुनःसञ्चालनमा आएको हो । तानसेन नगरपालिकाको कार्यालय र लुम्बिनी मेडिकल कलेज बिच आमा सुरक्षा कार्यक्रम सम्झौता भएपछि सुत्केरी हुने गर्भवती महिलाहरुलाई राहत मिल्ने भएको हो ।

पाल्पामा थप ३७ जना संक्रमितले कोरोना जिते
बुधबार, भदौ १५, २०७९
जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १९ जना महिला र १८ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।