सन्दर्भ : विश्व क्षयरोग दिवस, क्षयरोगमुक्त अभियान नारामै सिमित
बिहीबार, चैत १०, २०७८

गुल्मीमा १ सय ८४ जनाको मोति विन्दुको शल्यक्रिया
बुधबार, चैत २, २०७८
जिल्लामा सञ्चालित शिविरमार्फत १ सय ८४ जनाको निःशुल्क मोति विन्दुको सफल शल्यक्रिया गरिएको छ । डाक फाण्डेनसको सहयोग तथा जिल्ला आँखा उपचार केन्द्र तम्घासको सहकार्यमा सञ्चालन गरिएको शिविरमा १ सय ८४ जनाको निःशुल्क मोति विन्दुको सफल शल्यक्रिया गरिएको हो ।

स्वास्थ्य बिमाका विरामीको समस्या समाधान गर्न माग
बुधबार, चैत २, २०७८
स्वास्थ्य बिमा बोर्डको लापरवाहीका कारण विरामीले अनावश्यक दुःख पाएपछी नेकपा एमाले पाल्पाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएको छ ।
.jpg)
आर्थिक अभावमा छट्पटाएका घर्तीले पाए उपचार
मंगलबार, चैत १, २०७८
आर्थिक अभावका छट्पटाइरहेका जिल्ला इस्मा गाउँपालिका –५ गुल्मीका २६ वर्षीय टोपबहादुर घर्तीले निःशुल्क उपचार पाएका छन् । खुट्टामा घाउभई थला परेका घर्तीले आर्थिक अभावमा उपचार पाउन नसकेका बेला गुल्मी अस्पताले निःशुल्क उपचार गरिदिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा अस्पतालले निःशुल्क उपचार गरिदिएको छ ।

बगनासकालीको खानीछाप बन्यो ‘पूर्ण सरसफाईयुक्त वडा’
सोमबार, फागुन ३०, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका–४ खानीछापलाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको छ । नियमित रुपमा चर्पीको प्रयोग, महत्वपूर्ण अवस्थाहरुमा साबुन पानीले हातधुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धिकरण, व्यक्तिगत सरसफाई तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहोरमैलाको उचित व्यवस्थापन लगायतका मापदण्ड पूरा गरी वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको हो ।

‘संक्रमण घटे पनि जोखिम यथावत्’
शनिबार, फागुन २८, २०७८
मुलुकमा कोभिड–१९ को संक्रमण क्रमश : कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् ।

बुधबार थप २ जनामा कोराना, १ संक्रमणमुक्त
बुधबार, फागुन २५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २ जनामा संक्रमण पुष्टि भएको हो । २ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा नै संक्रमण देखिएको छ ।

पाल्पामा मंगलबार थप १ संक्रमणमुक्त, १ जनामा कारोना
मंगलबार, फागुन २४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा रैनादेवी छहरा गाउँपालिकाका १ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो ।

रेडक्रसले दियो पाल्पा अस्पताल र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री
सोमबार, फागुन २३, २०७८
नेपाल रेडक्रस सोसाईटी पाल्पाले जिल्ला अस्पताल पाल्पा र जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटी पाल्पाका सभापति बुद्धि प्रसाद शर्माले पाल्पा अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डे र जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत लेखनाथ अर्याललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन ।

पाल्पामा सोमबार थप ४ कोरोना संक्रमित संक्रमणमुक्त
सोमबार, फागुन २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ४ जना महिलाहरु संक्रमणमुक्त भएका हुन् ।

पाल्पामा आइतबार थप ६ कोरोना संक्रमित निको
आइतबार, फागुन २२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।

पाल्पामा बिहीबार थप ८ कोरोना संक्रमित निको
बिहीबार, फागुन १९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ५ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।