पाल्पामा मंगलबार थप ३५ संक्रमित निको, ५८ जनामा संक्रमण
मंगलबार, माघ १८, २०७८

गर्भवतीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा
मंगलबार, माघ १८, २०७८
आमा र बच्चाको ज्यानलाई पूर्ण सुरक्षित राख्न पाल्पाको रम्भा गाउँपालिकाले पालिका भित्रका सबै गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म आउँ–जाउँको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।

सोमबार एक सय १० जनामा कोरोना संक्रमण, ५९ जना निको
सोमबार, माघ १७, २०७८
पाल्पामा एक सय १० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा एक सय १० जनामा संक्रमण पुष्टि भएको हो ।
.jpg)
गुल्मीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु
आइतबार, माघ १६, २०७८
गुल्मीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । आइतबारदेखि लक्षित वर्गलाई बुस्टर खोप लगाउन सुरु गरिएको हो । जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौड्यालले बुस्टर खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

आइतबार थप १५ जनामा कोराना संक्रमण पुष्टि
आइतबार, माघ १६, २०७८
पाल्पामा १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज
शनिबार, माघ १५, २०७८
सरकारले ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

कोरोना परीक्षण प्रयोगशाला बन्द
शनिबार, माघ १५, २०७८
गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ । सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो ।

पाल्पामा थप ६७ जनामा कोराना पुष्टि
शनिबार, माघ १५, २०७८
पाल्पामा थप ६७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

तानसेन नगरपालिकाको सेवा स्थगित
शनिबार, माघ १५, २०७८
तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ । नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए ।

पाल्पामा सिटामोल : ठूला अस्पतालमा छ, सानामा अभाव
शुक्रबार, माघ १४, २०७८
देशभर कोरोना संक्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ । तर, पाल्पामा भने ठूला अस्पतालहरुमा पर्याप्त र साना अस्पतालहरुमा भने अभाव रहेको पाइएको छ ।

गुल्मीमा सिटामोलको अभाव छैन
बुधबार, माघ १२, २०७८
गुल्मीमा सिटामोलको अभाव नभएको पाइएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गरेर बुधबार गुल्मीमा नीजि औषधी पसलहरुको अनुगमन गर्ने क्रममा सिटामोल लगायतका औषधीको अभाव नभएको पाइएको हो ।