नीति तथा कार्यक्रम : पुरानै निरन्तरता
शनिबार, जेठ ६, २०८०
.jpg)
आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति
शुक्रबार, जेठ ५, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संघीय संसंद्मा प्रस्तुत गर्दै छन् । संघीय संसद्को दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिबाट आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । गठबन्धन नेतृत्वको सरकारको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो ।

लुम्बिनी काँगेसको प्रशिक्षण, प्रशिक्षणले पार्टीलाई बलियो बनाउँछ : सभापति पुन
मंगलबार, जेठ २, २०८०
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सभापति अमर पुनले प्रशिक्षक परीक्षणले पार्टीलाई बलियो बनाउने बताएका छन् । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा व्युठानको स्वर्गद्वारीमा भएको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

रायमाझीलाई हिरासतमा राख्न अनुमति
सोमबार, जेठ १, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझीलाई काठमाडौँ जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की
सोमबार, जेठ १, २०८०
लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन् ।

समाजवादी प्रेस संगठन पाल्पाको अध्यक्षमा गैरे
सोमबार, जेठ १, २०८०
समाजवादी प्रेस संगठन नेपाल पाल्पा शाखाको अध्यक्षमा पदम गैरै सर्वसम्मत चयन भएका छन् । संगठनको तानसेनमा भएको पहिलो अधिवेशनले गैरेलाई अध्यक्षमा चयन गरेको हो ।

पार्टी सिष्टमले चल्नुपर्छ : काँग्रेस सहमहामन्त्री राठौर
शुक्रबार, वैशाख २९, २०८०
पाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम व्युठानको स्वर्गद्वारीमा सुरु भएको छ । तीनदिनसम्म हुने प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुुरु भएको हो ।
संघीयताको कारण देशको ढुकुटी रित्तिदैं : महासचिव भट्ट
शुक्रबार, वैशाख २९, २०८०
राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय महासचिव मनोज भट्टले संघीयताको कारण देशको ढुुकुटी रित्तिदै गएको बताएका छन् । राष्ट्रिय जनमोर्चा पाल्पाको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भट्टले मुुलुुकमा संघीयता महँगो बन्दै भएकाले ढुकुटी नै रित्तिने अवस्थामा पुुगेको बताएका हुन् ।

पाल्पामा पनि राप्रपाले भ्रष्टाचारीविरुद्ध प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझायो
शुक्रबार, वैशाख २९, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध ज्ञापनपत्र बुझाएको हो ।

टोपबहादुर रायमाझी निलम्बित
बुधबार, वैशाख २७, २०८०
नेकपा (एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग पुर्याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उनलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ ।

काँग्रेस लुम्बिनी प्रदेशको प्रशिक्षण स्वर्गद्वारीमा
बुधबार, वैशाख २७, २०८०
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रदेशस्तरीय प्रशिक्षण प्यूठानको स्वर्गद्वारीमा हुने भएको छ । यही वैशाख २९ गतेदेखि हुने प्रशिक्षण कार्यक्रम स्वर्गद्वारीमा हुन लागेको हो ।

अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाणलाई परिसर ल्याइयो
बुधबार, वैशाख २७, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ ।

लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा.केसी
मंगलबार, वैशाख २६, २०८०
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.नहकुल केसीलाई नियुक्त गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा डा केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।