काँग्रेस लुम्बिनी प्रदेश सचेतकमा सांसद निमा गिरी नियुक्त
मंगलबार, फागुन ३०, २०७९

नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण
सोमबार, फागुन २९, २०७९
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

राष्ट्रपति कार्यालय : रामचन्द्रको प्रवेश, विद्याको बिदाइ
सोमबार, फागुन २९, २०७९
नेपालले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ । आज उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै राष्ट्रपतिको जिम्मेवारी पाउने छन् । नवनिर्वाचित पोडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गरी राष्ट्रपति कार्यालय शितल निवास प्रवेश गर्ने छन् । उनको प्रवेशसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी भने विदाई हुनेछिन् ।

स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल
आइतबार, फागुन २८, २०७९
प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् ।

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी
शनिबार, फागुन २७, २०७९
उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार भएको उम्मेदवारी दर्तामा सत्ता गठबन्धनबाट तीन जना र एमालेबाट एक जनाको उम्मेदवारी परेको हो । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट २ जना, जनमत पार्टीबाट १ र एमालेबाट एक जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी
शनिबार, फागुन २७, २०७९
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ । उसले स्ववियु निर्वाचनको मनोनयन गर्ने समयमा विभिन्न माग राखेर कार्यालयमा तालाबन्दी गरेको हो ।

उपराष्ट्रपतिमा पुरूष उम्मेदवार हुन नपाउने
शनिबार, फागुन २७, २०७९
निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिलानै हुनुपर्ने स्पष्ट पारेको छ । आयोगले राष्ट्रपति पुरुष र खस आर्य समुदायबाट भएका कारण उपराष्ट्रपति राष्ट्रपति भन्दा फरक समुदाय र लि·बाट हुनुपर्ने स्पष्ट पारेपछि पुरुष उम्मेदवार हुुन नपाउने भएका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई
बिहीबार, फागुन २५, २०७९
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् ।

राष्ट्रपतिमा पौडेल विजयी
बिहीबार, फागुन २५, २०७९
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन् ।

आज राष्ट्रपति निर्वाचन : कसले मार्ला बाजी ?
बिहीबार, फागुन २५, २०७९
मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मदान हुँदै छ । काठमाडौंको बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान...

‘नेपालको संविधान विश्वमै नमूना’
बिहीबार, फागुन २५, २०७९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताएका छन् । राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग सम्बन्धित विभिन्न अधिकारका विषयलाई संविधानले मौलिक हकका रुपमा समेत व्याख्या गरेको उनले उल्लेख गरे ।

स्ववियु निर्वाचन : रेसुङ्गामा नेविसंघद्वारा उम्मेदवार घोषणा
बुधबार, फागुन २४, २०७९
स्ववियु निर्वाचन मिति नजिकिदै जाँदा देशभर विद्यार्थी संगठनहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । गुल्मीको रेसुुङ्गा बहुुमुुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी संघले सभापतिको उम्मेदवार घोषणा गरेको छ । उसले आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि सभापतिमा पुनाराम घिमिरेलाई उम्मेदवार घोषणा गरेको हो । घिमिरे क्याम्पसका इकाई सभापति...