प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट, माओवादी वृत्तमा आयो तरंग
बुधबार, फागुन २४, २०७९

राष्ट्रपति निर्वाचन : प्रचार–प्रसार गर्न निषेध
बुधबार, फागुन २४, २०७९
निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि प्रचार–प्रसार गर्न निषेध गरेको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार–प्रसार गर्न निषेध गरेको हो ।

आठ दलीय बैठकमा राष्ट्रपति निर्वाचन तयारीबारे छलफल
मंगलबार, फागुन २३, २०७९
आज बसेको आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता
मंगलबार, फागुन २३, २०७९
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
आइतबार, फागुन २१, २०७९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छ्न् । उनले आइतबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत खस्यो ।

राष्ट्रपति निर्वाचन : भोट माग्नमै व्यस्त उम्मेदवार
आइतबार, फागुन २१, २०७९
राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरु भोग माग्नमै व्यस्त छन् । यही फागुन २५ गते हुन लागेको निर्वाचनका लागि राष्ट्रपतिका उम्मेदवारी दिएका नेपाली काँग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले आ–आफ्नो पक्षमा मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् ।

स्ववियु निर्वाचन : पाल्पाको त्रिविमा विद्यार्थी संगठन दर्ता
शुक्रबार, फागुन १९, २०७९
केन्द्रमा राष्ट्रपति निर्वाचनको चटारो परेको बेला जिल्ला जिल्लामा भने स्वयवियु निर्वाचनको चटारो बढेको छ । आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि पाल्पामा विद्यार्थीहरुको चहलपहल बढेको छ । पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि ८ विद्यार्थी संघ संगठनले संस्था दर्ता गराएका छन् ।

कांग्रेस सहमतिबाट पछि हट्दैन : गगन थापा
शुक्रबार, फागुन १९, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज यहाँ संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उनले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट गरे ।

रास्वपाको चुनाव चिह्न फेरियो
बुधबार, फागुन १७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो ।

राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू
बुधबार, फागुन १७, २०७९
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आजदेखि चैत्र ५ गतेसम्म लागू हुनेगरी आचारसंहिता लागु गरेको हो । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको जनाएको छ ।

संंकटमा लुम्बिनी प्रदेश सरकार
बुधबार, फागुन १७, २०७९
संघीय सरकारमा सत्ता फेरबदलसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको छ । आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर केन्द्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेससहित ८ दलको नयाँ गठबन्धन बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार संकटमा पर्ने देखिएको हो ।

राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले पठायो पत्र
मंगलबार, फागुन १६, २०७९
नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै
मंगलबार, फागुन १६, २०७९
निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।