Shittalpati
कांग्रेसका नेता भण्डारीको घरमा सिलिन्डर विस्फोट : भण्डारी र आमा घाइते
कांग्रेसका नेता भण्डारीको घरमा सिलिन्डर विस्फोट : भण्डारी र आमा घाइते नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको छ । गएराति खाना पकाइरहेका बेला गुल्मी निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद भण्डारीको घरमा सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका छन् ।
चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता
चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ ।
अराजकता नियन्त्रण गर्न माग
अराजकता नियन्त्रण गर्न माग राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट उपप्रधानमन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विजयमोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ ।
लामो कसरतपछि लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता
लामो कसरतपछि लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता सरकार गठन भएको एक महिनाको लामो कसरतपछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेशमा सत्ता गठबन्धनमा भागबण्डाको टुँगो लागेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका हुन् ।
आगलागीमा परी घाइते भएकाहरुको कुरा संसद्मा उठ्यो
आगलागीमा परी घाइते भएकाहरुको कुरा संसद्मा उठ्यो कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएका १८ वर्षीय नामु भारती र १६ वर्षीय टीका गिरीका विषयमा संसद्मा कुरा उठेको छ । नेपाली काँग्रेस गुल्मी क्षेत्र १ का सांसद् डा. चन्द्र भण्डारीले प्रतिनिधिसभाको आइतबारको बैठकमा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने
चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने निर्वाचन आयोगले प्रतिनिधिसभा चितवन–२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शाहले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार
३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार अन्ततः सुदूरपश्चिम प्रदेश सरकार ३० दिनमै ढलेको छ । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पेस गरेको विश्वासको मत बहुमतले अस्विकृत भएको पछि उनको नेतृत्वको प्रदेश सरकार ढलेको हो ।
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गरेका छन् ।
पाल्पामा सहिद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा पन्त
पाल्पामा सहिद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा पन्त पाल्पामा नेपाली काँग्रेसको शुभेच्छुक संस्था सहिद स्मृति प्रतिष्ठान गठन गरिएको छ । नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्तको अध्यक्षतामा प्रतिष्ठान गठन गरिएको हो ।
Weather Update