Shittalpati
रवि लामिछानेको सांसद् पद खारेज
रवि लामिछानेको सांसद् पद खारेज सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।
निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ : प्रमुख निर्वाचन आयुक्त
निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ : प्रमुख निर्वाचन आयुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताए । नेपाल कानून आयोग र प्रेस काउन्सिल नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, आमसञ्चार पर्यवेक्षण प्रतिवेदन’ माथिको छलफलमा उनले निर्वाचन अगाडि सामाजिक सञ्जालमध्ये फेसबुक र टिकटकसँग सहकार्य नै गरेर काम गर्दा...
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ ।
गुल्मी काँग्रेसको बैठक : तत्काल सबै तहका सम्मेलन गर्ने निर्णय
गुल्मी काँग्रेसको बैठक : तत्काल सबै तहका सम्मेलन गर्ने निर्णय नेपाली काँग्रेस गुल्मीले जिल्लाका सबै स्थानीय तह र सम्पर्क समितिका नियमित सम्मेलनहरु तत्काल गर्ने निर्णय गरेको छ । काँग्रेसको मंगलबार बसेको आठौं बैठकले पार्टीको विधान अनुसार स्थानीय तह, प्रदेश र क्षेत्रको नियमित सम्मेलनका साथै राजधानी समेत विभिन्न शहरमा भएका सम्पर्क समितिको अधिवेशनलाई २०७९ फागुन मसान्त भित्र सक्ने गरी सबै तहमा...
सामाजिक सञ्जालमा लगाएको आरोपको नगर प्रमुखले गरे खण्डन
सामाजिक सञ्जालमा लगाएको आरोपको नगर प्रमुखले गरे खण्डन सामाजिक सञ्जालमा नगर प्रमुख माथि लगाइएको आरोपको खण्डन गरिएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सोमबार एक विज्ञप्ति जारी गरी नगर प्रमुखलाई जोडेर गरिएको कपोलकल्पित आरोपमा कुनै सत्यता नभएको प्रस्ट पारेका हुन् ।
काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता
काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता नेपाली काँग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । संघीय संसद् सचिवालयले सोमबार काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको हो ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार कहिले ?
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार कहिले ? लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका सत्ता साझेदार दलहरूले मन्त्रालयको बाँडफाँट नै टुंगो लगाउन सकेका छैनन् । मुख्यमन्त्री गिरीले सत्ता गठबन्धनका दलहरुसँग लगातार छलफल गरे पनि मन्त्रालय भागबण्डा हुन सकेको छैन ।
उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित
उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित प्रतिनिधिसभाको उपसभामुुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन् । शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनी प्रतिस्पर्धी नेपाली काँग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन् ।
नेपाल प्रेस युनियन लुम्बिनीमा नयाँ नेतृत्व
नेपाल प्रेस युनियन लुम्बिनीमा नयाँ नेतृत्व नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व आएको छ । युनियनको दाङको घोराहीमा भएको प्रदेश प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ
सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराएका हुन् ।
उपसभामुखको निर्वाचन माघ ७ गते
उपसभामुखको निर्वाचन माघ ७ गते प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् ।
सभामुखमा एमालेका घिमिरे निर्वाचित
सभामुखमा एमालेका घिमिरे निर्वाचित प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । सहभागी २ सय ६८ मध्ये १ सय ६७ मतसहित घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।
Weather Update