प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा २ सय ६८ मत
मंगलबार, पुस २६, २०७९

प्रधानमन्त्री दाहालले मंगलबार विश्वासको मत लिदैं
सोमबार, पुस २५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराए ।

जिल्ला समन्वय समिति महासंघ लुम्बिनीको अध्यक्षमा खत्री
शनिबार, पुस २३, २०७९
जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका द्रोणबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् ।

सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली
शनिबार, पुस २३, २०७९
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताए । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले भने‘ राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने छ’। “यो सरकारलाई सफल...
_copy.jpg)
लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान
बिहीबार, पुस २१, २०७९
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गरेका छन् ।

स्ववियु चुनाव चैत ५ मा गर्न सिफारिस
बिहीबार, पुस २१, २०७९
लामो समयदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न सिफारिस गरिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ मा स्ववियुको चुनाव गर्न कार्यकारी परिषद्मा सिफारिस गरेको हो ।

स्वतन्त्र प्रदेश सांसद माओवादी प्रवेश
बुधबार, पुस २०, २०७९
लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रदेश सरकार गठनको संघारमै आएर उनी माओवादी प्रवेश गरेका हुन् ।

लुम्बिनीमा ठूला दलले छाने संसदीय दलको नेता
मंगलबार, पुस १९, २०७९
लुम्बिनी प्रदेशका तीन ठूला दलले संसदीय दलको नेता चुनेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले, कांग्रेस र माओवादीले प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण लगत्तै संसदीय दलको नेता चयन गरेका हुन् ।

लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा महरा
सोमबार, पुस १८, २०७९
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् । सोमबार दाङको देउखुरीमा बसेको माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको बैठकले महरालाई संसदीय दलको नेतामा चयन गरेको हो ।

लुम्बिनीमा काँग्रेस संसदीय दलको नेतामा चौधरी
सोमबार, पुस १८, २०७९
नेपाली काँग्रेसको लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन् । दाङको देउखुरीमा सोमबार बिहान भएको काँंग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको भेलाले चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।

लुम्बिनीमा एमाले संसदीय दलको नेतामा गिरी
आइतबार, पुस १७, २०७९
नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन् । दाङको देउखुरीमा आइतबार बसेको प्रदेशसभा सदस्यहरुको भेलाले रुपन्देही क्षेत्र न २(१) बाट निर्वाचित गिरीलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

लुम्बिनीका प्रदेशसभा सदस्यले शपथ लिए
आइतबार, पुस १७, २०७९
लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गरेका हुन् । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उहाँहरुलाई शपथ गराएका हुन् ।

लुम्बिनी प्रदेशसभा सदस्यले शपथ लिँदै
आइतबार, पुस १७, २०७९
लुम्बिनी प्रदेशसभा नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको शपथग्रहण लिदैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा उनीहरुलाई शपथग्रहण गराउन लागिएको हो ।