रानाको दोस्रो प्रदेश सांसद यात्रा
बिहीबार, मंसिर ८, २०७९

गुल्मी –१ मा मतगणना सुरु
बुधबार, मंसिर ७, २०७९
जिल्लाको क्षेत्र नम्बर– १ मा पनि मतगणना सुुरु भएको छ । यहाँ १ बजेदेखि मतगणना सुुरु गरिएको हो । क्षेत्र नं. २ सोमबारदेखि नै मगतगणना जारी रहे पनि १ को भने हुन सकेको थिएन । आइतबार कालीगण्डकी गाउँपालिका –२ अर्वेनीको मतदान स्थगित भएपछि यहाँको मतगणना हुन सकेको थिएन ।

गुल्मी–२ : विष्ट विजयी, झाक्री पराजित
बुधबार, मंसिर ७, २०७९
गुल्मी निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।

गगनको चौथो संसद यात्रा
बुधबार, मंसिर ७, २०७९
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले विजयी भएका छन् । उनले २१ हजार ३ सय २ मत प्राप्त गरेर चौथो संसद यात्रा तय गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डा. राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त...

पाल्पा–२ (१) मा दुई हजार पाँच सय बढीले काँग्रेसका वीरबहादुर राना अगाडि
बुधबार, मंसिर ७, २०७९
पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका वीरबहादुर राना सुरुवातीदेखि नै अग्रस्थानमा छन् । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री समेत रहेका राना बगनासकालीका ९ वटा वडा र तानसेनका ७ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदासम्म २ हजार ५ सय ४० मतले अगाडि छन्...

पाल्पा –२ मा गैरेले मतान्तर घटाए, पछ्याउँदै पाण्डेय
बुधबार, मंसिर ७, २०७९
पछिल्लो मत परिणाम अन्ुसार पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ठाकुर प्रसाद गैरेले मतान्तर घटाएका छन् । उनले एकीकृत समाजवादी पार्टीका प्रदेश इन्चार्ज पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयसँगको मतान्तर केही घटाएका हुन् ।

पाल्पा –१ मा एमालेको अग्रता कायमै
बुधबार, मंसिर ७, २०७९
पाल्पा क्षेत्र नं. १ मा एमालेको अग्रता कायमै छ । यहाँ एमालेका उम्मेदवारहरुले सुरुदेखि नै अग्रता लिई रहेका छदेखि नै अग्रता लिई रहेका छन् ।

पाल्पा –२ मा दुई हजार दुई सय बढी मतले पछि परे पूर्वमन्त्री पाण्डेय
बुधबार, मंसिर ७, २०७९
पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेय एमालेका उम्मेदवारभन्दा झण्डै दुई हजार दुई सय ८ मतले पछि परेका छन् ।

पाल्पा–२ (१) मा २ हजार बढी मतले काँग्रेसका वीरबहादुर राना अगाडि
बुधबार, मंसिर ७, २०७९
पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका वीरबहादुर राना सुरुवातीदेखि नै अग्रस्थानमा छन् । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री समेत रहेका राना बगनासकालीका ९ वटा वडा र तानसेनका ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदासम्म २ हजार १ सय ३९ मतले अगाडि आएका...

गुल्मी –२ मा झाँक्री भन्दा विष्ट २ हजार बढी मतले अगाडि
मंगलबार, मंसिर ६, २०७९
गुल्मी क्षेत्र नम्बर २ मा एमाले सचिव गोकर्ण विष्टको अग्रता कायमै छ । नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३ सय ९२ मतले पछि पार्दै विष्टले आग्रता लिइरहेका छन् ।

अझै नौ निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी
मंगलबार, मंसिर ६, २०७९
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ ।

चितवन क्षेत्र नं २ मा रवि लामिछानेको अग्रता
मंगलबार, मंसिर ६, २०७९
चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिएका हुन् ।

पाल्पामा एमालेको अग्रता कायमै
मंगलबार, मंसिर ६, २०७९
पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता कायमै छ । यहाँको क्षेत्र नं.२ मा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिए पनि पछिल्ला मतपरिणाम अनुसार एमालेका उम्मेदवार अगाडि आएका छन् । प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका ठाकुर गैरेले ५ हजार १ सय ६७ मत ल्याएर अग्रस्थानमा छन् ।