Shittalpati
गठबन्धनले मुलुकलाई निकास दिँदैन : ठाकुर गैरे
गठबन्धनले मुलुकलाई निकास दिँदैन : ठाकुर गैरे नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले गठबन्धन सरकारले मुलुकमा निकास दिन नसक्ने बताए छ । मुलुकको विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन उनले अपिल गरे । गैरे पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
एमालेले तीस वर्षदेखि जितेर पनि काम गर्न सकेन : नेपाल
एमालेले तीस वर्षदेखि जितेर पनि काम गर्न सकेन : नेपाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरीप्रसाद नेपालले एमालेले तीस वर्षमा गर्न नसकेका काम गठबन्धन सरकारले एक वर्षमा गरेको बताएका छन् । जिल्लाको रैनादेवी छहरा र तिनाउको वडा नं. १ कचलको गठबन्धनको घरदैलो कार्यक्रम पछिको कोण सभालाई सम्बोधन गर्दै उनले एमालेले तीस वर्षदेखि जितेर काम गर्न नसकेको कचल फाँट सिंचाई आयोजना गठबन्धन...
गठबन्धन विजयी हुनु भनेकै युवाको जित हो : श्रेष्ठ
गठबन्धन विजयी हुनु भनेकै युवाको जित हो : श्रेष्ठ वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले गठबन्धन विजयी हुँदै गर्दा युवाको पनि जित हुने बताएका छन् । शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले गठबन्धनको जित नै युवाहरुको जित रहेको बताएका हुन् ।
पाल्पामा गठबन्धनको विजयी नै युवाको जित हो : संयोजक श्रेष्ठ
पाल्पामा गठबन्धनको विजयी नै युवाको जित हो : संयोजक श्रेष्ठ वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पामा गठबन्धनको विजयी नै युुवाको जित भएको बताएका छन् । शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको जित नै सिंगो जिल्लाका युवाहरुको जित रहेको बताएका हुन् ।
‘गठबन्धनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्छ’
‘गठबन्धनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्छ’ पाल्पाका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले निर्वाचनपछि गठबन्धन नेतृत्वमा बन्ने सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुुशासन कायम गर्ने बताएका छन् । मतदाताहरुको घर घरमा पुुगेर उनीहरुले गठबन्धन दलले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरेका हुन् ।
राष्ट्रियताको पक्षमा एमाले : नेता गैरे
राष्ट्रियताको पक्षमा एमाले : नेता गैरे नेकपा एमाले पाल्पा क्षेत्र नंं २ प्रतिनिधि सभाका उम्मेदवार ठाकुर प्रसाद गैरेले नेकपा एमाले राष्ट्रियताको पक्षमा रहेको बताएका छन् । चुनवी प्रचार प्रसारको क्रममा रिब्दीकोट गाउँपालिका वडा नंं ८ फेकमा बोल्दै गैरेले नेपालको गुमेको भुभागलाई चुच्चे नक्सामार्फत समेटेको, राष्ट्रघाती नागरीकता विधेयकको विपक्षमा एमाले मात्र उभिएको बताएका हुन् ।
पाल्पाको समृद्धिका लागि गठबन्धनले जित्नै पर्ने उम्मेदवारहरुको जोड
पाल्पाको समृद्धिका लागि गठबन्धनले जित्नै पर्ने उम्मेदवारहरुको जोड वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पाल्पालाई समृद्ध बनाउन गठबन्धन दलले जित्नु पर्ने बताएका छन् । उनीहरुले प्रत्येक मतदाताहरु समक्ष पुगेर विकास र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन आग्रह गरिरहेका छन् । उम्मेदवारले जनतालाई गठबन्धनको अहिलेको आवश्यकता र औचित्यका विषयमा प्रष्ट पार्दै पाल्पा र समग्र मुलुकको समृद्धिका लागि आफुहरुले निर्वाचन जित्नै पर्ने...
पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल
पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल पाल्पामा दलहरु आफैँले मतदाता शिक्षा दिन थालेका छन् । बदर मतको संख्या कम गर्नका लागि वाम–लोकतान्त्रिक गठबन्धन दलले मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गर्दै छ । गठबन्धन दलले मतदाता शिक्षाका लागि कार्यकर्तालाई टोल–टोलमा नमूना मतपत्रसहित पठाउने तयारीमा रहेको छ ।
पाल्पामा गठबन्धनका पक्षमा जनता : उम्मेदवार
पाल्पामा गठबन्धनका पक्षमा जनता : उम्मेदवार पाल्पामा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । उनीहरुले मतदाताहरुको समस्या सुन्ने र आफ्ना एजेण्डका विषयमा प्रष्टसँग जनतालाई बुुझाउँदै हिडेका छन् । दुुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाल्पाका गठबन्धन दलका उम्मेदवारहरुले साझा एजेण्डा बनाएर मतदाता समक्ष पुुगेका हुन् ।
निस्दीलाई कृषि र पशुुपालनको पकेट क्षेत्र बनाउन्छौं : आचार्य
निस्दीलाई कृषि र पशुुपालनको पकेट क्षेत्र बनाउन्छौं : आचार्य नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यले निस्दी गाउँपालिकालाई कृषि र पशुपालनको पकेट क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् । निस्दी गाउँपालिका वडा नं.६ अर्चलेका मतदाताहरुसँगको भेटघाट तथा अन्तक्र्रियाका क्रममा एमाले उम्मेदवार आचार्यले निस्दी कृषि र पशुपालनका क्षेत्रमा अब्बल रहेको भन्दै त्यसलाई पकेट...
अबको राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि : पाण्डेय
अबको राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि : पाण्डेय प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. २ वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सोमप्रसाद पाण्डेयले अबको राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि रहेको बताएका छन् । नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका उनले रिब्दीकोटका विभिन्न गाउँ टोलमा पुुगेर मतदातासँग अबको आफ्नो राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि रहेको बताएका हुन् ।
Weather Update