भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा बगाले
बिहीबार, असोज १३, २०७९

किसानका समस्या एमालेले सम्बोधन गर्छ : प्रदेश सदस्य घर्ती
मंगलबार, असोज ११, २०७९
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य ओम बहादुर घर्तिमगरले किसानहरुको समस्या एमालेले सम्बोधन गर्ने बताएका छन् । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले तिनाउ गाउँपालिका पाल्पामा आयोजना गरेको चुनावी भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

पाल्पामा गठबन्धन दलले माग्यो पत्रकारसँग सुझाव
मंगलबार, असोज ११, २०७९
पाल्पामा पाँच दलीय गठबन्धन दलले जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ । मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकाले गठबन्धन दलले के गर्दा राम्रो हुन्छ ? भन्ने विषयमा सुझाव मागेको हो ।

काँग्रेसको समानुपातिक सूचीमा अधिकांश नातागोता
आइतबार, असोज ९, २०७९
नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा अधिकांस नातागोता परेका छन् । सूचीमा प्रधानमन्त्रीपत्नीदेखि मन्त्री तथा पार्टीका वरिष्ठ नेताका पत्नीहरु परेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका हन् ।

छ सय ८१ कैदीलाई आममाफी
आइतबार, असोज २, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिएकी छन् ।

समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु
आइतबार, असोज २, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो ।

पाल्पामा केही उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्, स्पष्टीकरण पनि दिएनन्
आइतबार, असोज २, २०७९
पाल्पाका ९ सय २३ उम्मेद्वारले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन् । निर्वाचन खर्च विवरण पेस नगरेका जिल्लाका ९ सय २३ उम्मेदवार मध्ये १ सय ५९ ले आयोगले सोधेको स्पष्टीकरण नै पेस नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सबैलाई रुवाएर गए ‘जिउँदो सहिद’ घिमिरे
शुक्रबार, भदौ ३१, २०७९
नेपाली राजनीतिमा जिउँदो सहिदले परिचित विजयराज घिमिरेको निधनले सिो पाल्पा जिल्ला नै शोकाकुल बनेको छ । बिहीबार बिहानैदेखि नरमाइलो मौसम रहेको पाल्पामा एकाएक साँझतिर घिमिरेको निधनको खबरले जिल्लावासीलाई अत्यन्त चिन्तित बनायो ।

अस्ताए नेपाली राजनीतिका जिउदा सहिद घिमिरे
शुक्रबार, भदौ ३१, २०७९
नेपाली राजनितिमा जिउदो शहिदले परिचित विजयराज घिमिरेको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा बिहीबार बेलुकी निधन भएको हो ।

नेपाल नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा पन्थी
बिहीबार, भदौ ३०, २०७९
नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खिलध्वज पन्थी चयन भएका छन् । रुपन्देहीको लुम्बिनीमा भएको प्रदेशको भेलाले गुल्मी रेसुंगा नगरपालिकाका प्रमुख पन्थीलाई सर्वसम्मत रुपमा प्रदेश अध्यक्षमा चयन गरेको हो ।

लुम्बिनी प्रदेशमा गठबन्धनको सिट बाँडफाँट : यी क्षेत्रमा जुट्यो सहमति
बिहीबार, भदौ ३०, २०७९
मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धन दलहरुले लुम्बिनी प्रदेशका अधिकांस ठाउँहरुमा सहमति गरेका छन् । गठबन्धन दलहरु बीच भएको छलफल तथा सहमति अनुसार प्रदेशका ५ वटा क्षेत्र बाहेकमा करिब सहमति जुटेको हो । लुम्बिनीका २६ सिट मध्ये सहमति अनुसार १२ सिट नेपाली काँग्रेस, ६ सिट...

राप्रपा पाल्पाको उम्मेदवार सिफारिस
सोमबार, भदौ २७, २०७९
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ ।

रम्भामा एमालेको चुनावी प्रशिक्षण
सोमबार, भदौ २७, २०७९
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी एमालेले चुनावी प्रशिक्षणलाई तिव्रता दिएको छ । उसले आफ्ना उम्मेदवारहरुलाई निर्वाचनमा विजयी बनाउने उद्देश्य सहित चुनावी प्रशिक्षणलाई तिव्रता दिएको हो । एमालेले रम्भा गाउँपालिकामा पालिका स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम गरेको छ ।