पाल्पा काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन : सभापतिमा को–को भए विजयी ?
शनिबार, मंसिर ४, २०७८

महाधिवेशनमा काँग्रेस, ‘संगठन हाक्ने नेतृत्व खोज्दैछौं’
शनिबार, मंसिर ४, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद हरिप्रसाद नेपालले महाधिवेशनबाट संगठनलाई हाक्ने नेतृत्वको खोजीमा काँग्रेस रहेको बताएका छन् ।

कचल फाँट सिँचाइको मन्त्री रानाद्वारा अनुगमन
शुक्रबार, मंसिर ३, २०७८
लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर रानाले कचल फाँट सिँचाइ योजनाको अनुगमन गरेका छन् । मन्त्री रानाले लामो समयदेखि अवरुद्ध रहेको तिनाउ गाउँपालिका–१ कचलको कचल फाँट सिँचाइ योजनाको अनुगमन गरेका हुन् ।

आज काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदै
शुक्रबार, मंसिर ३, २०७८
नेपाली काँग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत आज देशैभरका प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रमा शुक्रवार अधिवेशन हुन लागेको हो । अधिवेशनको पाल्पामा पनि तयारी पुरा भएको नेपाली काँग्रेस पाल्पाले जनाएको छ ।

महिला नेतृत्वको इतिहास रच्छु: महामन्त्री कुंवर
बुधबार, मंसिर १, २०७८
नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुवंरले नेपाली राजनीतिमा महिला नेतृत्वको इतिहास रच्ने बताएकी छन् ।

पाल्पाबाट एमालेका १६ प्रतिनिधि निर्विरोध चयन
आइतबार, कात्तिक २८, २०७८
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लागि पाल्पाबाट १६ जना महाधिवेशन प्रतिनिधीहरु निर्विरोध चयन भएका छन् ।

गुल्मीमा काँग्रेस महाधिवेशनको तयारी तीव्र
शनिबार, कात्तिक २७, २०७८
जिल्लामा नेपाली काँग्रेसको १४ औं महाधिवेशनको प्रदेश, संघीय निर्वाचन क्षेत्रको अधिवेशनको तयारी तीव्र पारिएको छ । मंसिर ३ गते प्रदेश र मंसिर ६ गते हुने संघीय निर्वाचनको अधिवेशनको तयारी तीव्र पारिएको हो ।

विप्लवद्वारा नेपाल बन्दको घोषणा
बिहीबार, कात्तिक २५, २०७८
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी बन्द सहितको आन्दोलनको घोषणा गरेको छ ।

राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
मंगलबार, कात्तिक २३, २०७८
राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत रहेका छन् ।

'बरु सरकार छोड्न तयार छौँ, संविधान च्यात्न दिँदैनौँ '
आइतबार, कात्तिक २१, २०७८
अध्यक्ष ओलीले भने, “हामी बरु सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिँदैनौँ । लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ । हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौँ ।” एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गरे...

कार्तिक २८ गतेलाई काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनका विषयमा छलफल हुने
आइतबार, कात्तिक २१, २०७८
नेपाली काँग्रेसले कार्तिक २८ गतेलाई केन्द्रीय समिति बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्तिक २८ गते आइतबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यह?को उपस्थिति रहने पौडेलले जानकारी दिए ।

गुल्मीको ठूलो लुम्पेकमा दर्जानौ व्यक्ति काँग्रेस प्रवेश
मंगलबार, कात्तिक १६, २०७८
जिल्लाको सत्यवती गाउँपालिका –३ ठूलो लुम्पेक गस्कोटमा दर्जानौ व्यक्तिहरु काँग्रेस प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी तीन दर्जान व्यक्तिहरु काँग्रेस प्रवेश गरेका हुन् ।

केपी ओली इतिहासकै कन्जुस : नेता भण्डारी
सोमबार, कात्तिक १५, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले केपी ओली इतिहासकै कन्जुस नेता भएको आरोप लगाएका छन् ।