Shittalpati
गुल्मी–२ :प्रदेशसभामा एमालेका भुसाल र पन्थी विजयी

गुल्मी, गुल्मीको क्षेत्र नम्बर २ को दुुई वटै प्रदेश सभामा एमालेका उम्मेदवार विजयी भएका छन् । २ (१) को प्रदेश सभामा डिल्लीराज भुसाल र २ (२) को प्रदेश सभामा दिनेश पन्थी विजयी भएका हुन् । प्रदेश सभा (१) मा एमालेका उम्मेदवार भुसाल एक हजार ४९ को अग्रतासहित १४ हजार दुई सय ८५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्धन्दी सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार दुई सय २६ मत प्राप्त गरे ।

प्रदेशसभा सदस्य (२) मा पनि एमालेकै उम्मेदवार दिनेश पन्थी एक सय १० मतको अग्रतासहित १३ हजार नौं सय २९ मत प्राप्त गरी विजयी भएका छन् । उनीसँग सत्तारुढ गठबन्धनकोे तर्फबाट नेकपा माओवादी केन्द्रका बुद्धि जिसीले १३ हजार आठ सय १९ मत प्राप्त गरे । यस क्षेत्रमा कूल एक लाख चार हजार तीन सय २७ मतदाता थिए । जसमध्ये खसेको मत ५८ हजार सात सय ५९ हो । सो मध्ये मध्ये ५६ हजार पाँच सय ९३ मत सदर भएको थियो । यस क्षेत्रमा मुसिकोट र रेसुङ्गा नगरपालिका सहित मालिका, मदान, धुर्कोट , इस्मा गाउँपालिकाका वडा पर्दछन् । जिल्लाको क्षेत्र नम्बर १ मा भने मतगणना ढिलो सुरु गरिएको छ । यहाँ नेपाली काँग्रेसको तर्फबाट डा.चन्द्र भण्डारी, एमालेको तर्फबाट प्रदीप ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दामोदर भण्डारी प्रतिस्पर्धामा छन् । यो समाचार तयार पार्दासम्म काँग्रेसका भण्डारीले अग्रता लिइरहेका छन् ।

क्षेत्र नं .२ को प्रतिनिधिसभामा यस अघि नेकपा (एमाले)का गोकर्णराज बिष्ट विजयी भएका छन् । विष्ट दुई हजार ३४ मतको अग्रतासहित २८ हजार चार सय ७६ मत प्राप्त गरी विजयी भएका हुुन् छ । उनीसँग सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीले २६ हजार चार सय ४२ मत प्राप्त गरेकी थिइन् ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update