Shittalpati
स्रोत नखुलेको १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आज बुध्द एयरको विमानबाट काठमाडौँदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

पक्राउ परेका अलीसँग रु एक हजार दरका चार सय ८४ थान र रु पाँच सय दरका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरेको छ । अलीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।–रासस

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update