घुम्ती सेवाबाट आठ सयजना लाभान्वित
सोमबार, फागुन २६, २०८१

पाल्पामा अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष लुंगेली नेवि संघमा प्रवेश
सोमबार, फागुन २६, २०८१
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व इकाइ अध्यक्ष एवं स्ववियु सदस्य भीम लुंगेली नेपाल विद्यार्थी संघमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस विधानको धारा ४(१) बमोजिम काँग्रेसको सदस्यता लिई उनी नेवि संघ प्रवेश गरेका हुन् ।

पाल्पाका किसान आलु थन्क्याउन व्यस्त
सोमबार, फागुन २६, २०८१
खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् ।

सांसदहरु भन्छन्–‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
सोमबार, फागुन २६, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना गतिविधिहरु बढाउन थालेपछि बल्ल सांसदहरुले मुख खोलेका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्ने अधिकांस सांसदहरुले पूर्वराजा र राजावादीका पछिल्लो गतिविधिप्रति आफ्ना धारणा व्यक्त गरेका हुन् ।

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
आइतबार, फागुन २५, २०८१
विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो ।

जसलाई महिला दिवसले छोएन...
आइतबार, फागुन २५, २०८१
बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उनको बाध्यता हो ।

दिवसले छोएन पाल्पाका महिला मजदुरलाई
आइतबार, फागुन २५, २०८१
११५ औ अन्तर्राष्ट्रिय महिला दिवस देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मार्च ८ लाई विश्वभरका महिलाले ‘अन्तर्राट्रिय महिला दिवस’ का रूपमा मनाउने गरिरहेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षयता यस दिवसलाई भव्य रूपमा मनाउने प्रचलन बढेरहेको छ । तर मजदुरी गरी जिविकोपार्जन गर्दै आएका महिलाले भने यस बारे...

दुबईबाट गुल्मीका रामबहादुरको गुहार : ‘बिन्ती छ सरकार, मलाई स्वदेश फर्काइदेऊ’
शनिबार, फागुन २४, २०८१
गुल्मीको चन्द्रकोट गाउँपालिका –५ ग्वाघाका ५१ वर्षीय रामबहादुर थापा दुबई गएको तीन महिना भयो । घर परिवारलाई सुःखका साथ राख्ने सपना बोकेर विदेशीएका उनी अहिले एक महिनादेखि विरामी छन् ।

मोहन कन्यामा मनाइयो महिला दिवस
शनिबार, फागुन २४, २०८१
जिल्लाको तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अभिमुखीकरण कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

तिब्बतमा भूकम्प, नेपालमा धक्का
शनिबार, फागुन २४, २०८१
चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा उक्त स्थानमा केन्द्र भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प भएको हो ।

बस्ती संरक्षणका लागि तटबन्धन
शनिबार, फागुन २४, २०८१
बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न थालिएको हो ।

हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा
शनिबार, फागुन २४, २०८१
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।