Shittalpati
एक महिने गुँला पर्व आजदेखि सम्पन्न हुँदै
एक महिने गुँला पर्व आजदेखि सम्पन्न हुँदै नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले महिनाभर मनाउने गुँला पर्वको आज समापन हुँदै छ । चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म यो पर्व  मनाउने गरिन्छ ।
मोतीरामको योगदान
मोतीरामको योगदान नेपाली साहित्य आकासका चम्किला नक्षेत्र, बहुमुखी प्रतिभाका धनी, मोतीराम भट्ट नेपाली साहित्यका निम्ति अद्वितीय व्यक्तित्व हुन् । वि.सं. १९२३ भाद्र २५ गते कुशेऔंसीका दिन काठमाडौंको भोसीको टोलमा पिता दयाराम भट्ट, माता रिपुमर्दिनीदेवी भट्टका सुपुत्रका रूपमा मोतीराम भट्टको जन्म भएको हो । कुशेऔँसीका दिन जन्मेका उनको १९५३ सालको कुशेऔंसीकै दिन ३०...
‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु
‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु स्क्रब टाइफसबाट आज यहाँ एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।
पाल्पाका ७ दलले गरे नेपाली भूमिमाथिको हस्तक्षेपको विरोध
पाल्पाका ७ दलले गरे नेपाली भूमिमाथिको हस्तक्षेपको विरोध जिल्लाका ७ राजनीतिक दलहरुले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरामाथि भारत र चीनको हस्तक्षेप भएको भन्दै विरोध गरेका छन् । भारत सरकारको १९ अगस्त २०२५ मा नेपाल–भारत सीमाको विषयमा सार्वजनिक विज्ञप्तिले नेपाली जनता र नेपालको सार्वभौमसत्तामाथि प्रत्यक्ष प्रहार भएको भन्दै यहाँका क्रियाशिल दलहरुले विरोध गरेका हुन् ।
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् ।
आज कुसे औंसी : बाबुको मुख हेर्ने दिन
आज कुसे औंसी : बाबुको मुख हेर्ने दिन प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राÞमणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग...
मोतीराम भट्टको जन्मजयन्ती साहित्यिक कार्यक्रम गरी मनाइँदै
मोतीराम भट्टको जन्मजयन्ती साहित्यिक कार्यक्रम गरी मनाइँदै भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
डेङ्गी सङ्क्रमण बढ्दै
डेङ्गी सङ्क्रमण बढ्दै डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ
बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको...
लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा
लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । 
रिब्दीकोटको एउटै वडाबाट दुई महिनामा ९ लाख ८० हजारको खुर्सानी निकासी
रिब्दीकोटको एउटै वडाबाट दुई महिनामा ९ लाख ८० हजारको खुर्सानी निकासी जिल्लाको रिब्दीकोट गाउँपालिकामा एउटै वडाबाट दुई महिनामा ९ लाख ८० हजार बढीको अकबरे खुर्सानी निकासी भएको छ । यहाँको वडा नं. २ को देउरालीबाट साउन र भदौ महिनाको पहिलो हप्तासम्ममा ४ हजार ४ सय ५७ केजी अर्थात्  (४४ क्विन्टल ५७ केजी) खुर्सानी निकासी भएको हो ।   
पाल्पाका महिला पत्रकारलाई एक दिने डिजिटल पत्रकारिता प्रशिक्षण 
पाल्पाका महिला पत्रकारलाई एक दिने डिजिटल पत्रकारिता प्रशिक्षण  प्रेस चौतारी नेपाल पाल्पा शाखाले हरितालिका तिजको अवसरमा  पाल्पाका महिला पत्रकारहरुलाई एक दिने प्रशिक्षण दिएको छ ।
Weather Update