Shittalpati
अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै
अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै अन्तर्राष्ट्रिय भन्सार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । विश्व भन्सार संगठनले हरेक वर्षको जनवरी २६ तारिखमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने घोषणा गरेसंगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।
लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा
लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा जिल्लाको रामपुरमा लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा तथा छलफल भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१  र २०८१/८२ योजना कार्यक्रमको लैङ्गिक समानता र सामाजिक समावेशीकरण र लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा सहित छलफल गरेको हो ।
स्थानीय कफी देश तथा विदेशमा प्रवर्द्धन गरिँदै
स्थानीय कफी देश तथा विदेशमा प्रवर्द्धन गरिँदै झोलामा कफी बोकेर गाउँ–गाउँमा बिक्रीका लागि पुग्दा धेरैको हाँसो मजाकको पात्र बने, काम नपाएर कफी बेच्न गाउँ डुले जस्तो व्यवहार मैले भोग्नुपर्‍यो, तैपनि हिम्मत भने आफूमा राखिरहे, कफीको प्रवर्द्धनका लागि गाउँ धाइरहन्थे । अहिले भने परिस्थिति बदलिएको छ, कफी खरिद गर्न घरमै ग्राहक आउन्छन् । 
समाज र राष्ट्र निर्माणमा भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण : सभापति श्रेष्ठ
समाज र राष्ट्र निर्माणमा भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले  समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूूर्ण रहेको बताएका छन् । शुक्रबार काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाको पाँचौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूर्ण रहेको बताएका हुन् ।
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग (ब्रेक थ्रु) छिचोलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्जुअलमार्फत शुक्रबार सुरुङ छिचोल्नका लागि स्विच थिचेपछि पाल्पा र बुटवल दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो ।
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन जिल्लाको बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवनको उद्घाटन गरिएका छ । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण भएको चार तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भर्चुअलमार्फत उद्घाटन गरेका हुन् ।
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । 
पाल्पामा ११ महिनामा ७४ जनाले गरे आत्महत्या
पाल्पामा ११ महिनामा ७४ जनाले गरे आत्महत्या जिल्लाको रामपुर नगरपालिका–८ रातमाटाकी २२ वर्षीया मनिषा श्रेष्ठले गत जेठ ३० मा आफ्नै घरको कोठामा पंखमा पासो लगाई आत्महत्या गरिन् । त्यसअघि माथागढीका एक पुरुषले पनि डोरीको पासो लगाई आत्महत्या गरे । पाल्पामा आत्महत्या घटनाका यी केही उदाहरण हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म ७४ जनाले...
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । सोही अनुरुप हरेक वर्ष...
भोली प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री सिंहसहितका उच्च पदस्थ व्यक्तिहरु पाल्पा आउँदै 
भोली प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री सिंहसहितका उच्च पदस्थ व्यक्तिहरु पाल्पा आउँदै  भोली शुक्रबार देशका उच्च पदस्थ व्यक्तिहरु पाल्पा आउन लागेका छन् ।
भूमि समस्या समाधान आयोग पाल्पाका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण
भूमि समस्या समाधान आयोग पाल्पाका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण भूमि समस्या समाधान आयोग पाल्पाका अध्यक्ष रामबहादुर कार्कीले पदभार ग्रहण  गरेका छन् । अध्यक्ष कार्कीले एक औपचारिक कार्यक्रमकाबिच पदभार ग्रहण गरेका हुन् ।
चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना
चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना जथाभावी छाडा चौपाया छोड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन सुरु गरेको छ । छाडा चौयापा नियन्त्रण र व्यवस्थापन अभियान सुरु गरेको नगरपालिकाले चौपाया धनीलाई पहिलो पटकमा सात हजार जरिवाना तिराएको हो ।
Weather Update