Shittalpati
गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित
गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसान यतिबेला किबीको व्यावसायिक उत्पादन सुरु...
संशोधित विनियोजन ऐन र न्यायिक प्रतिवेदन पारित
संशोधित विनियोजन ऐन र न्यायिक प्रतिवेदन पारित जिल्लाको तानसेन नगरपालिका नगर सभाको १६ औँ अधिवेशन विभिन्न ऐन संशोधन तथा प्रतिवेदनहरू पारित गर्दै सकिएको छ । नेपालको संविधानमा व्यवस्था भए अनुरुप संसदीय अभ्यासका साथ विहीबार नगरसभाको अधिवेशन सकिएको हो ।हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले विनियोजन ऐन, २०८१ (संशोधन विधेयक) र न्यायिक समितिको प्रतिवेदन सर्वसहमत रुपमा पारित गरेको छ ...
चिकित्सक अभावले उपचार प्रभावित
चिकित्सक अभावले उपचार प्रभावित जिल्लाको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ ।
रामपुरमा ‘लक्ष्मीनारायण पाटी संग्रहालय’
रामपुरमा ‘लक्ष्मीनारायण पाटी संग्रहालय’ जिल्लाको रामपुरमा लक्ष्मीनारायण पाटी संग्रहालय स्थापना गरिएको छ । रामपुर नगरपालिका–४, खोप्टारमा रहेको धर्मशालामा उक्त संग्रहालयको स्थापना गरिएको हो । लक्ष्मीनारायण गुठीद्वारा सञ्चालित धर्मशालामा स्थापना गरिएको पाटी संग्रहालयको एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।
लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश
लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 
मिसन अस्पतालले मनायो २५ औं साधारण सभा
मिसन अस्पतालले मनायो २५ औं साधारण सभा २०११ सालमा स्थापना भएको तानसेनको मिसन अस्पतालले २५ औं  वार्षिक साधारण सभा मनाएको छ । अस्पतालले एक औपचारिक कार्यक्रमकाबिच साधारण सभा मनाएको हो । 
मुलुक परिवर्तनमा प्रजातन्त्र सेनानीको योगदान महत्वपूर्ण : नेता शाह
मुलुक परिवर्तनमा प्रजातन्त्र सेनानीको योगदान महत्वपूर्ण : नेता शाह नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भरत कुमार शाहले मुलुक परिवर्तनमा प्रजातन्त्र  सेनानीहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
प्रजातन्त्र सेनानी पाल्पाको अधिवेशन : अध्यक्षमा तिमिल्सेना
प्रजातन्त्र सेनानी पाल्पाको अधिवेशन : अध्यक्षमा तिमिल्सेना नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको अध्यक्ष यमलाल तिमिल्सेना सर्वसम्मत चयन भएका छन् ।  बुधबार संघको तानसेनमा भएको तेस्रो जिल्ला  अधिवेशनले तिमिल्सेनालाई अध्यक्षमा चयन गरेको हो ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु 
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु  जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँको तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा  दुई जनाको मृत्यु भएको हो । 
आज नेपाल ज्योतिष परिषद स्थापना दिवस मनाइँदै
आज नेपाल ज्योतिष परिषद स्थापना दिवस मनाइँदै आज नेपाल ज्योतिष परिषद स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्षको पौष २४ लाई नेपाल ज्योतिष परिषद् स्थापना दिवसको रुपमा मनाउने गरिएको हो ।
बाक्लो हुस्सु र शितलहरले हवाई उडान हुन सकेन
बाक्लो हुस्सु र शितलहरले हवाई उडान हुन सकेन बाक्लो हुस्सु र शितलहरका कारण  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । भैरहवा र आसपासको क्षेत्रमा मंगलबार दिउँसोदेखि शितलहर चलेपछि उडान प्रभावित हुन पुुगेको हो ।
गाडी भाडा बढ्यो, पाल्पा–काठमाडौंको कति ?
गाडी भाडा बढ्यो, पाल्पा–काठमाडौंको कति ? सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारदेखि लागू हुने गरी नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको सहमतिमा अन्तरप्रदेश सार्वजनिक यातायातका सवारी साधनका यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर समायोजन गर्दै भाडा बढाइएको हो ।
Weather Update