पाल्पामा वृक्षारोपण गरेर काँग्रेसले मनायो वि.पि स्मृति दिवस
बुधबार, साउन ७, २०८२
गुल्मीमा २०० बस्ती बाढी र पहिरोको उच्च जोखिममा
मंगलबार, साउन ६, २०८२
यहाँ करिब २०० बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका २०० जति ठाउँ बाढी र पहिरोको जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
केदारनाथमा पदमार्ग निर्माण
मंगलबार, साउन ६, २०८२
गल्याङ नगरपालिका–७ स्थित धार्मिक एवम् पर्यटकीयस्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । गल्याङ–८ चिउरीस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको हो ।
मकैबाली जोगाउन हेरालु नियुक्त
मंगलबार, साउन ६, २०८२
अर्घाखाँचीमा वन्यजन्तुबाट बालीनाली जोगाउन हेरालु नियुक्त गरिएको छ । सो कार्यका लागि २० कर्मचारी नियुक्ति गरिएको छ ।
काँग्रेस पाल्पाले वि.पि.को स्मृतिमा वृक्षारोपणसँगै अन्तक्र्रिया गर्दै
सोमबार, साउन ५, २०८२
प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको ४३ औं स्मृति दिवसका अवसरमा भोली (मंगलबार) नेपाली काँग्रेस पाल्पाले विभिन्न कार्यक्रम गरी मनाउँदै छ । काँग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा वृक्षारोपण र अन्तक्र्रिया गरी वि.पि स्मृति दिवस मनाउन लागेको हो ।
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
सोमबार, साउन ५, २०८२
आज साउन महिनाको पहिलो सोमबार । बिहानैदेखि पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुरलगायतका शिवालय मन्दिरमा...
हेंवाखोला बाढी तीनवर्ष हटेन सास्ती
सोमबार, साउन ५, २०८२
ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–७ खेवाङका रश्मी आचार्य दुई वर्षअघि विसं २०८० असार तेस्रो साता गाउँको विद्युतीकरणको कामको सिलसिलामा फिदिम आएका थिए । बाढीले हेंवा खोलाको सडक पुल बगाएको उनलाई जानकारी नै थियो । तर आर्थिक वर्ष सकिन लागेकाले नआइ नहुने भयो । डिजेलको अभावले गाउँबाट चल्ने सवारीसाधन बेलाबखत मात्रै चल्ने भइसकेका...
किवी खेतीमा कालिगण्डकीका युवाको आकर्षण
सोमबार, साउन ५, २०८२
पछिल्लो समय गाउँबाट बसाइँसराइ गरी बजार झर्नेको संख्या निकै ठूलो छ । सेवा सुविधा खोज्दै स्थानीय सहर बजारतिर झर्न थालेसँगै गाउँ सुनसान बन्दै गएका छन् । गाउँमा भएका युवा पनि विदेश पलायन भइरहेका छन् । बसाइँसराइ र विदेश पलायनले गर्दागाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएका छन् तर, गुल्मीको कालिगण्डकीगाउँपालिका–२ का...
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त
सोमबार, साउन ५, २०८२
म्याग्दीको धवलागिरि गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकबरे जातको खुर्सानी खेती भएको छ । धवलागिरि –७ शिवाङको धौलागिरि कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानीखेती गरेका छन ।
रूपन्देही उपनिर्वाचनको निर्वाचन तालिका सार्वजनिक
आइतबार, साउन ४, २०८२
२०८२ कार्तिक १७ गते हुने रूपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
आइतबार, साउन ४, २०८२
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, दाङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द
आइतबार, साउन ४, २०८२
बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो ।
लायन्स क्लव अफ पाल्पा भैरवद्वारा वृक्षारोपण
शनिबार, साउन ३, २०८२
लायन्स क्लव अफ पाल्पा भैरवले तानसेनको बतासेडाँडामा फुलहरुको वृक्षरोपण गरेको छ ।


