Shittalpati
शौचालय जाने क्रममा लडेर सशस्त्र प्रहरीको मृत्यु
शौचालय जाने क्रममा लडेर सशस्त्र प्रहरीको मृत्यु प्युठानमा आफ्नै घरको शौचालय जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–२ साडेखोलाका ३५ वर्षका दोर्णकुमार विष्टको मृत्यु भएको हो ।
पहिराले घर पुरिँदा मृत्यु
पहिराले घर पुरिँदा मृत्यु अविरल वर्षाका कारण पहिराले घर पुरिंँदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
स्याङ्जा जिल्ला अस्पताल पुनः सञ्चालनमा
स्याङ्जा जिल्ला अस्पताल पुनः सञ्चालनमा गत मंगलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ । अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुशील मरासिनीले बताए ।
कोरोना सङ्क्रमित पुरुषको मृत्यु
कोरोना सङ्क्रमित पुरुषको मृत्यु रुपन्देहीको गैडहवा गाउँपालिका­३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उनको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १ सय ५७ पुग्यो
नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १ सय ५७ पुग्यो नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा काठमाडौंका १ महिला, रुपन्देहीमा १ महिला र ३ पुरुषसहित ४ जना, मोरङका १ पुरुष, सुनसरीका १ पुरुष र पर्सामा १ महिलाको कोरोनाबाट मृत्यु...
कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै
कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब संकलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु
मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् ।
पाल्पामा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि जिल्लामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाका एक जना र रामपुर नगरपालिकाका दुई जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
बुटवलमा कोरोनाबाट दुई जनाको मृत्यु
बुटवलमा कोरोनाबाट दुई जनाको मृत्यु कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको आईतबार मृत्यु भएको हो ।
तानसेनमा फेरी देखियो समुदायस्तरमै कोरोना, घरमै बसेकी महिलामा संक्रमण
तानसेनमा फेरी देखियो समुदायस्तरमै कोरोना, घरमै बसेकी महिलामा संक्रमण तानसेनमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिका ८ मदनपोखराको पिपलडाडाँकी एक महिलामा कोरोना सक्रमण पुष्टि भएको हो ।
चार दिन अँध्यारोमा बास
चार दिन अँध्यारोमा बास विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि यहाँका जनता रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या एक सय ४६ पुग्यो
नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या एक सय ४६ पुग्यो पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Weather Update