Shittalpati
टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना
टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८  शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न  शिवलिङ्ग स्थापना गरिएको हो ।
गाउँमा जात्राको रौनक, सहरमा भने हराउँदै 
गाउँमा जात्राको रौनक, सहरमा भने हराउँदै  जिल्लाका ग्रामीण क्षेत्रमा दिनभर रोपाइँ जात्राको रौनक देखियो तर, तानसेनका बजार क्षेत्रमा भने कहींकतै पनि रोपाइँ जात्रा देख्न पाइएन । तानसेनको काजीपौवा, अर्चले, धरमपानी, सापाखुम, बराङ्दीलगायतका स्थानबाट विगतमा रोपाइँ जात्रा बजारक्षेत्रमा ल्याउँथे ।
विद्यार्थीलाई शीत प्रशिक्षण
विद्यार्थीलाई शीत प्रशिक्षण शीत काव्य समाज नेपालले विद्यार्थीहरुका लागि शीत सम्बन्धी प्रशिक्षण दिएको छ । नेपालले पाल्पाको बगनासकाली गाउँपालिका यम्घास्थित सीता माविका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो ।
लुम्बिनीमा भदौ १४ मा गाईजात्रा नमनाइने
लुम्बिनीमा भदौ १४ मा गाईजात्रा नमनाइने लुम्बिनी प्रदेशका नेवार समुदायले भदौ १४ गते परेको यस वर्षको गाईजात्रा पर्व नमाउने भएका छन् । नेवाः देय् दबू लुम्बिनी प्रदेश समितिले बुटवलमा पत्रकार सम्मेलन गरी पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको पात्रो अनुसार भदौ १४ गते  गाईजात्रा पर्व नमनाउने बताएको हो ।
पाल्पामा गुल्मेली चेलीबेटी समुह गठन
पाल्पामा गुल्मेली चेलीबेटी समुह गठन पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका गुल्मेली चेलीहरुले पाल्पामा गुल्मेली चेलीबेटी समुह गठन गरेका छन् । जिल्लामा रहेका गुल्मेली चेलीहरुको शनिबार तानसेनमा भएको भेलाले  गुल्मेली चेलीबेटी समुह गठन गरेको हो ।
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ सुरु
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ सुरु जिल्लाको  ऐतिहासिक तथा धार्मिक पवित्र तपोभुमी रेसुंगामा पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा ‘पुरुषोत्तम माहात्म्य’ सुरु भएको छ ।
पाल्पाली साहित्यकार रेग्मी र सिंह काठमाडौंमा सम्मानित
पाल्पाली साहित्यकार रेग्मी र सिंह काठमाडौंमा सम्मानित पाल्पाली साहित्यकार काठमाडौंमा सम्मानित भएका छन् । गुञ्जन नारी साहित्यिक संस्था काठमाडौंले रजत महोत्सवको अवसरमा पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी र राजेन्द्र गोपाल सिंहलाई सम्मान गरेको हो ।
पाल्पामा पनि मनाइयो घण्टाकर्ण पर्व 
पाल्पामा पनि मनाइयो घण्टाकर्ण पर्व  प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो । 
पाल्पामा भानुभक्तको चर्चा
पाल्पामा भानुभक्तको चर्चा पाल्पामा आदिकवि भानुभक्त आचार्यको कृतित्व र व्यक्तित्वको चर्चा गर्दै स्मरण गरिएको छ । २१० औं भानुजयन्तीका अवसरमा पाल्पा साहित्य समाजद्वारा आयोजना गरिएको कवि गोष्ठीमा भानुभक्तको चर्चासँगै स्मरण गरिएको हो ।  
गाउँ  हे गुण पंचशिलको
गाउँ हे गुण पंचशिलको गाउँ हे गुण पंचशिलकों शुद्ध बनाई तन आत्मा खोली हेर चक्षु ज्ञानको, पाउनेछ शान्ति चारधाम
गुरु पुर्णिमाको उपलक्षमा थौं सुथं न्हिलँ दना
गुरु पुर्णिमाको उपलक्षमा थौं सुथं न्हिलँ दना थौं सुथं न्हिलँदना बुध्दया शरण वनेधका मार ल्यु ल्यु वयापन,लोभया जंजाल क्यःनाथका ....थौं
चलचित्रमा रङ्गकर्मी
चलचित्रमा रङ्गकर्मी रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्र सिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत पर्दछन् । उल्लेखित नाम चलचित्रमा स्थापित भएका केही प्रतिनिधि मात्र हुन् ।
Weather Update