सञ्चारकर्मी काफ्ले ‘पिरतीको नसामा’
शुक्रबार, कात्तिक २८, २०७७
विक्रीका लागि राखिएका झिनियाँ :
बिहीबार, कात्तिक २७, २०७७
तानसेनको सिल्खानटोलमा तिहारका लागि विक्री गर्न राखिएका झिनियाँ । तिहारमा खाने परिकार मध्ये झिनियाँ पनि एक हो ।
कोरोनाको चपेटामा मादलको व्यापार
मंगलबार, कात्तिक २५, २०७७
हिन्दू नेपालीहरुको दोश्रो महान् पर्व तिहार घर आँगनमा भित्रिन लागेको छ । तर विगतमा जस्तो तिहारको रौनकता भने छैन । कोरोना संक्रमणको जोखिम नभएको भए यतिबेला तिहारको चहलपहल व्यापक हुन्थ्यो ।
तिहारअघि नै सुक्यो सयपत्री
सोमबार, कात्तिक २४, २०७७
यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।
लोप हुँदै मादल बनाउने पेशा
बुधबार, कात्तिक १२, २०७७
मादल बनाउने वादी समुदायको पुख्र्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताए ।
बडादसैंको छैटौं दिन : कात्यायनीको पूजा आराधना गरी मनाइदै
बिहीबार, कात्तिक ६, २०७७
बडादसैंको छैटौं दिन हिन्दूधर्मालम्बीहरूले कात्यायनीको पूजा गरी दसैं मनाउँदै छन् । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ ।
संरक्षणका लागि बाजा हस्तान्तरण
बुधबार, कात्तिक ५, २०७७
परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङ नगरपालिका वडा नं १३ ले नौमती बाजा हस्तान्तरण गरेको छ । विभिन्न चाडपर्वका साथै शुभकार्यमा बाजा बजाएर परिवार पाल्दै आएका सीपकार एकता समाज वालिङ–१३ मा आवद्ध दमै समुदायलाई नौमती बाजा बजाउनका लागि आवश्यक पर्ने सबै सामग्री वडा कार्यालयले उपलब्ध गराएपछि समूहमा आवद्ध सदस्य...
लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले मनायो साधारण सभा
बिहीबार, असोज २९, २०७७
नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाले साधारण सभा मनाएको छ । प्रतिष्ठानले कोरोना महामारीका बिच एक औपचारिक कार्यक्रमको आयोजना गरी आफनो १८ औं साधारण सभा मनाएको हो ।
देवी घर्ती र विष्णु सिंजाली मगरको स्वरमा सानु तिम्रो मन बजारमा
आइतबार, असोज २५, २०७७
गुल्मेली गायक तथा सर्जक, नेपाली गीत संगीतमा एउटा गहकिलो तथा निकै सुरीलो आवाजका धनि गायक तथा गुल्मी लोकतारा भनेर चिनेनी लोक दोहोरी गायक विष्णु सिंजाली मगरले आफ्नो मार्मिक गीत सानु तिम्रो मनको नयाँ भिडियो बजारमा लिएर आएका छन् ।
‘मनु’को गजल चालिसा
शनिबार, असोज २४, २०७७
सधैँ कथा भयो धने
डुली कता गयो धने
कता गयो कता झर्यो
व्यथा बनी रयो धने
विजुको ‘कविता कुञ्ज’को विचरण
शनिबार, असोज १७, २०७७
नेपाली साहित्यको श्रीवृद्धिका लागि गीत, कविता, मुक्तक, नाटक, आख्यान लेखनमा क्रियाशिल नारी हस्ताक्षर विजु पछाइँ (खाती) पाल्पा हुँगी निवासी माता शिवकुमारी पछाइँ र पिता मोहनबहादुर पछाइँको सुपुत्री हुन् ।
बाल साहित्यकार सीबिकाको ‘सिकारी बा’
बिहीबार, असोज ८, २०७७
गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाण्डौँद्वारा प्रकाशित बाल साहित्यकार सीता बिष्ट कार्की (सीबिका) द्वारा लिखित बाल कथा संग्रह ‘सिकारी बा’ (२०७६) भित्र संग्रृहित कथाका सार सन्देशहरु यस प्रकार रहेका छन् ।