Shittalpati
नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला
नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला मङ्गलबार साँझ नारायणी नदीमा डुबेर बेपत्ता भएका दुईजना दिदीभाइको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित ब्रिटिश क्याम्प नजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका उनीहरुको शव आज दिउँसो सोही स्थानमा फेला परेको हो ।
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । 
अर्घाखाँचीको मालारानीमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते
अर्घाखाँचीको मालारानीमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते अर्घाखाँचीको मालारानीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । मालारानी गाउँपालिकाल–३ लुटिपोखरी–खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप (सिङ्गल क्याब) अनियन्त्रित भई आज विहान दुर्घटना भएको हो ।
 कालीगण्डकीमा एक पुरुष मृत फेला
 कालीगण्डकीमा एक पुरुष मृत फेला कालीगण्डकीमा नदीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रम्भा गाउँपालिका –१ बिसमुडे घाटस्थित कालिगण्डकी नदीमा असर्दीका ५२ वर्षीय सञ्जय बोटे आज मृत अवस्थामा फेला परेका हुन् ।
रिब्दीकोटमा आगो निभाउन गएका एक पुरुषको मृत्यु
रिब्दीकोटमा आगो निभाउन गएका एक पुरुषको मृत्यु जिल्लाको रिब्दीकोट गाउँपालिका– ७ पालुङ कोर्तुङस्थित पालुङ सामुदायिक जङ्गलमा लागेको आगो निभाउने क्रममा एक पुरुषको ज्यान गएको छ । आगो निभाउने क्रममा अचानक भिरबाट लडेर सोही ठाउँका ६१  वर्षीय टेकबहादुर सर्तुङ्गेको मृत्यु भएको हो ।
बागलुङमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु
बागलुङमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग१ज ६१०० नम्बरको पिकअप दुर्घटना हुँदा गलकोट –११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।
कुम्भ स्नानबाट फर्किंदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु
कुम्भ स्नानबाट फर्किंदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु रूपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले...
पाल्पामा विस्फोट हुँदा एक जनाको मृत्यु
पाल्पामा विस्फोट हुँदा एक जनाको मृत्यु जिल्लामा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –२ बुढाचटकमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो ।
दाङमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु
दाङमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मुग्लिन–पोखरा सडक अवरुद्ध हुने
मुग्लिन–पोखरा सडक अवरुद्ध हुने मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।
तिनाउमा एक पुुरुष मृत फेला
तिनाउमा एक पुुरुष मृत फेला जिल्लाको तिनाउ गाउँपालिका –६ मस्यामस्थित ढाक्रिपार भिरमा  एक जना पुुरुष मृत फेला परेका छन् । हाल नामथर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने पुरुष व्यक्ति  शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले ति पुुरुषलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई  खबर गरेका थिए ।  
माथागढीमा २८ वर्षीय युवक खोलामा मृत फेला  
माथागढीमा २८ वर्षीय युवक खोलामा मृत फेला   जिल्लाको माथागढी गाउँपालिका –३ अगेनी सिमलघाटस्थित खोलामा २८ वर्षीय युवक मृत फेला परेका  छन् । सिमलघाटका बस्ने हुम बहादुर घर्तीका २८ वर्षीय छोरा निल प्रसाद घर्ती मृत अवस्थामा फेला परेका हुन् ।
Weather Update