पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध
मंगलबार, असार १९, २०८०
![नारायणगढ–मुग्लिन सडक यात्रुलाई सधैं सास्ती](https://www.shittalpati.com/uploads/posts/400X300/muglin1688448125.jpg)
नारायणगढ–मुग्लिन सडक यात्रुलाई सधैं सास्ती
मंगलबार, असार १९, २०८०
गुल्मी इस्माका प्रदीप खत्रीलाई सोमबार ३ बजेभित्र काठमाडौं नपुगी नहुने थियो । वैदेशिक रोजगारका लागि जापन हिँडेका उनको सोमबार साझा ४ बजे उडान छ । उनी १७ घण्टा मुग्लिनको जाममा परे । त्यहाँ रोकिएका खत्रीले शितलपाटी डटकमसँग निकै आत्तिँदै भने, ‘आज साँझा फ्लाइट छ । क्यान्सिल हुने होकि ? निकै...
![बाढीपहिरोले सडकमा क्षति, जोखिममा बस्ती](https://www.shittalpati.com/uploads/posts/400X300/pahiro1688275597.jpg)
बाढीपहिरोले सडकमा क्षति, जोखिममा बस्ती
आइतबार, असार १७, २०८०
दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँहरुमा वितण्डा मच्चाएको छ । बाढीपहिरोबाट यहाँका अधिकासं सडकमा क्षति पुगेको छ भने बस्तीहरु जोखिममा रहेका छन् । बाढीका कारण तिनाउ नदी क्षेत्रमा पर्ने पाल्पा र रुपन्देही आसपासका क्षेत्र जोखिममा छन् । निरन्तरको वर्षाले रुपन्देहीको तिनाउ नदीको बहाब बढेपछि...
![पहिरोका कारण पाल्पाका अधिकांस सडक अवरुद्ध](https://www.shittalpati.com/uploads/posts/400X300/Pahiro photo 1688207993.jpg)
पहिरोका कारण पाल्पाका अधिकांस सडक अवरुद्ध
शनिबार, असार १६, २०८०
दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा पाल्पाका अधिकांस सडकहरु अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गको तानसेन–पोखरा सडक सडक खण्डको चिदिपानी धैरेनीमा लेदो सहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
![बझाङ दुर्घटना अपडेट: मन्त्री सिंहको निधन](https://www.shittalpati.com/uploads/posts/400X300/sudurpaschim accident16872646571687266047.jpg)
बझाङ दुर्घटना अपडेट: मन्त्री सिंहको निधन
मंगलबार, असार ५, २०८०
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
![जिप दुर्घटना दुई जनाको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/durghatana-accident1686904286.jpg)
जिप दुर्घटना दुई जनाको मृत्यु
मंगलबार, असार ५, २०८०
बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका छन् । अमृता सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती हुन् ।
![जिप दुर्घटनामा एकको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/durghatana-accident1686904286.jpg)
जिप दुर्घटनामा एकको मृत्यु
शुक्रबार, असार १, २०८०
दाङको तुलसीपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट रोल्पाका लागि छुटेको रा १ ज ५५६ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका –३ शिरखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
![तानसेन–रानीमहल सडक भोलिदेखि असार १५ सम्म बन्द रहने](https://www.shittalpati.com/uploads/posts/400X300/Ranimahal1686740697.jpg)
तानसेन–रानीमहल सडक भोलिदेखि असार १५ सम्म बन्द रहने
बुधबार, जेठ ३१, २०८०
तानसेनदेखि रानीमहलसम्म जोड्ने सडक भोलि बिहीबारदेखि असार १५ गतेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ । तानसेन–रानीमहल सडक खण्डको अवलमा बाटो ढलान गर्ने काम चलिरहेकाले असार १५ सम्मका लागि सडक बन्द हुने भएको हो ।
![प्यूठानमा कार दुर्घटना : आठको मृत्यु, सातजनाको सनाखत](https://www.shittalpati.com/uploads/posts/400X300/kar1686579992.jpg)
प्यूठानमा कार दुर्घटना : आठको मृत्यु, सातजनाको सनाखत
सोमबार, जेठ २९, २०८०
प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै कार दुर्घटना भएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा भन्ने स्थानमा सोमबार दिउँसो लु १च ६३४५ नम्वरको कार दुर्घटना भएको हो ।
दुर्घटना हुँदा सो कारमा सवार आठ यात्रीहरूको मृत्यु भएको छ ।
![पाल्पाको बगनासकालीमा लिची टिप्दा लडेर एक महिलाको मृत्युु](https://www.shittalpati.com/uploads/posts/400X300/1581238782detha.jpg)
पाल्पाको बगनासकालीमा लिची टिप्दा लडेर एक महिलाको मृत्युु
सोमबार, जेठ २९, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका –९ फक्टुङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । सोमबार फक्टुङकी ४५ वर्षीया धना खाँण आफ्नै घरको बारीमा रहेको लिची टिप्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन् ।
![भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1614314550deth.jpg)
भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु
आइतबार, जेठ २८, २०८०
भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
![भारतीय गाडी पाल्पाको तिनाउ खोलामा खस्यो : दुई घाइते](https://www.shittalpati.com/uploads/posts/400X300/tinau-kholama-1686392653.jpg)
भारतीय गाडी पाल्पाको तिनाउ खोलामा खस्यो : दुई घाइते
शनिबार, जेठ २७, २०८०
भारतीय नम्वरको गाडी पाल्पाको तिनाउ खोलामा खसेको छ । तानसेनबाट बुटवतर्फ जाँदै गरेको यूूपी ४२ विएम १९७३ नम्वरको भारतीय प्लेटको कार तिनाउ गाउँपालिका–५ चर्चरेस्थित सिद्धार्थ राजमार्ग सडक खण्डबाट शनिबार दिउँसो तिनाउ खोलामा खसेको हो ।
![पाल्पाको रानीमहलमा भारतीय गाडी दुर्घटना : ३ घाइते](https://www.shittalpati.com/uploads/posts/400X300/1627376508a_vehicle_acc_HAT4iAuMC3-1.jpg)
पाल्पाको रानीमहलमा भारतीय गाडी दुर्घटना : ३ घाइते
बुधबार, जेठ २४, २०८०
पाल्पाको रानीमहलस्थित रानीमहल सडक खण्डमा भारतिय नम्वरको गाडी दुर्घटना भएको छ । भारतको गोरखपुरबाट रानीमहल पुुगेको युपी ५५ वाइ ३३०१ नम्बरको कार बुधबार दिउँसो दुर्घटना भएको हो ।